काठमाडौं महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

अनलाइनसमय |
१५ असार २०८१
काठमाडौं महानगरले माग्यो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन

काठमाडौं, १४ असार । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । महानगरपालिकाले आफू मातहतका संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेको हो ।

महानगरले शुक्रबार एक सूचना जारी गर्दै शैक्षिक सत्र २०८१÷८२ को छात्रवृत्तिका लागि असार १५ गते बिहान १० बजेदेखि असार २९ गते शनिबार राति ११ः५९ सम्म आवेदन खुला गरेको हो ।

महानगरले छात्रवृत्तिका लागि हुने परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र, माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुने जानकारी दिएको छ । परिक्षा आगामी साउन ४ गते सञ्चालन हुनेछ ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस