कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

अनलाइनसमय |
२७ जेठ २०८१
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

काठमाडौं, २७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड‘ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिसमा महासेठलाई तोकेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड सोमबार (भोलि) स्वदेश फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस