सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित

अनलाइनसमय |
२४ जेठ २०८१
सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित

काठमाडौं, २४ जेठ । सुरक्षण मुद्रण सम्बन्धी विधेयक संघीय संसदबाट पारित भएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेको उक्त विधेयक बिहिबार बसेको प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो ।

उक्त विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले नै मुद्रण गर्ने प्रावधान राखिएको छ ।

यस्तै जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनी रुपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने बताइन् । बिहीबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जानकारी दिएकी हुन् ।

साथै सरकारले चाहेमा सरकारको अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्थामार्फत पनि मुद्रण गर्न सकिने प्रावधान विधेयकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस