• ताजा समाचार, विश्व

    चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने विश्वको पहिलो राष्ट्र बन्यो चीन

     113 Views
    चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने विश्वको पहिलो राष्ट्र बन्यो चीन

    काठमाडौं, २० जेठ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यसअघि चन्द्रमाको उक्त क्षेत्रमा कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास समेत गरेका छैनन् ।

    चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन (सीएनएसए) द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’

    चीनले मे ३ मा सुरु गरेको उक्त अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो । यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्छ ।

    चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको एउटा ठुलो क्रेटर उक्त यान मानवरति अवतरण भएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान उक्त क्षेत्रमा अवतरण गरेको थियो ।

     

    यसमा तपाइको मत

    Facebook Comment