त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि सबै उडान बन्द

अनलाइनसमय |
११ जेठ २०८१
त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि सबै उडान बन्द

काठमाडौं, ११ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेपछि ४५ मिनेटका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए ।

झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको छ । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ ।
झाले भने, ‘खाल्डो परेको भाग धावनमार्गको लगभग बीचमा छ । अन्तर्राष्ट्रिय उडान अवतरण त गर्नै मिल्दैन । आन्तरिक उडान चाहिँ गर्न सकिन्छ । तर, सुरक्षाका कारण सबै उडान अवतरण रोकेका हौं ।’

उनका अनुसार अहिले काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मेलसिया एयरलाइन्स लगायत अन्य जहाज होल्ड गरिरहेका छन् । साथै आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत होल्डमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस