• ताजा समाचार, राजनीति

    दोस्रो पटक सर्‍यो प्रतिनिधि सभाको बैठक, राष्ट्रिय सभा बस्दै नबसी स्थगित

     78 Views
    दोस्रो पटक सर्‍यो प्रतिनिधि सभाको बैठक, राष्ट्रिय सभा बस्दै नबसी स्थगित

    काठमाडौं, ६ जेठ । प्रतिनिधि सभाको बैठक दोस्रो पटक सरेको छ । आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ ।

    प्रतिनिधि सभा बैठक संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दलबिच कुरा नमिल्दा प्रतिनिधि सभा बैठक दोस्रो पटक सरेको छ ।

    यसैबिच अहिले सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूसँग छलफल गरिरहेका छन् । सहकारी प्रकरणमा संसदीय छानबिन बनाउँदा त्यसको कार्यविधिमा गृहमन्त्री रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्ने बारेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबिच सहमति जुट्न सकेको छैन । उनीहरूबिच सिंहदरबारमा दोस्रो चरणमा छलफल भइरहेको छ ।

    यस्तै राष्ट्रिय सभाको बैठक भने बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेर १५ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको थियो । सवा ३ बजे बस्ने भनिएको बैठक पनि बस्दै नबसी सोमबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment