• रोजगार

    श्रममन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर बिच शिष्टाचार भेटवार्ता

     121 Views
    श्रममन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर बिच शिष्टाचार भेटवार्ता

    काठमाडौं, २ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल र साइप्रसका हाइकमिश्नर एवागोरस व्रियोनाइड्स बीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा साइप्रस र नेपालबीचश्रम लगायतआपसीहितकाबिषयमा छलफल भएको थियो ।

    छलफलमा श्रममन्त्रीअर्यालले साइप्रस जाने नेपालीश्रमिकको सीप विकासको कार्यमासहकार्य गर्न आग्रह गरे । साइप्रस सरकारले माग गरेअनुसारको सीप भएकाश्रमिक पठाउनका लागि सीप तालिम सञ्चालन गर्न सहयोग गर्न आग्रह गरे ।

    साइप्रसमा हाल २० हजार नेपालीश्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपालीश्रमिक साइप्रस पुगेका छन् । साइप्रस जाने सबै खालकाश्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्रीअर्यालले बताए ।

    त्यस्तै, साइप्रसका हाइकमिश्नर व्रियोनाइड्सले साइप्रसले आफनो विकास कोष मार्फत नेपालीश्रमिकको सीप विकास तालिममा सहयोग गर्न सक्ने बताए । त्यस्तै, नेपाल सरकारको सहभागीतामा नै नेपालीश्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।

    यसमा तपाइको मत

    Facebook Comment