• ताजा समाचार, विश्व, समाचार

    नियन्त्रण रेखामा भारतको आक्रमणबाट ४ जनाको मृत्यु- आणविक युद्ध हुने खतरा

     175 Views
    नियन्त्रण रेखामा भारतको आक्रमणबाट ४ जनाको मृत्यु- आणविक युद्ध हुने खतरा

    फागुन-१५, काठमाडौं। केहि समय अगाडी न्यानो हुँदै गरेको भारत र पाकिस्तान बिचको सम्बन्ध हार्दिकतामा अहिले देखिरहेको छैन । अघिल्लो हप्ता पाकिस्तान भुमिबाट भारतिय शैनिकलाई लक्षित गरेर प्रहार गरिएको बमले ४० जना भन्दा बढि भारतिय लडाकु मारिए सँगै काश्मिर सिमा क्षेत्रमा भारत र पाकिस्तान विचको तनाब थप बढेको हो ।

    भारतिय सेना मारिए सँगै तत्कालै भारतिय अधिकारीहरुले कडा कदम चाल्ने चेतावनी दिएका थिए । त्यसको प्रत्युत्तरमा पाकिस्तानी प्रधानमन्त्रीले आतंकवाद सँग स्वयं पाकिस्तान पिडित भईरहेका बेला यस्ता उत्ताउला गतिविधि हामीबाट नहुने भन्दै आक्रमण गरिए कडा प्रतिकार गर्ने चेतावनी दिए ।

    एशियाका दुई आणविक शक्तिशाली मुलुक युद्धमैं पो हामिने हुन् की भन्ने चिन्ता बढेर गएको छ । यसरी हेर्दा परिस्थितति झन भड्काउ तिर जाँदै गरेको महशुस हुन थालेको छ ।

    मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पाकिस्तानको बालाकोटमा आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । यो आक्रमणमा तीन महिला र एक बच्चासहित चार जनाको मृत्यु भएको बीबीसीले लेखेको छ । आक्रमण केही घाइते भएका छन् ।

    भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    भारत प्रशासित काश्मिरको पुलवामा १४ फेब्रुअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ । यस आक्रमणमा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए । जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । भारतले चरमपन्थी संगठन जैश ए मोहम्मदको अड्डामा आक्रमण गरेको बताए पनि पाकिस्तानले जंगल क्षेत्रमा गरिएको आक्रमणबाट कुनै भौतिक र मानवीय क्षति नभएको जनाएको छ ।

    यसमा तपाइको मत

    Facebook Comment