काठमाडौं, १३ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन […]
चैत ९, हेटौँडा (रासस)। नेपाल टेलिभिजनले एचडी प्रविधिमा रुपान्तरण भएको सन्दर्भमा प्रदेश नं ३ र ४ का स्थानीय संवाददाता तथा कार्यक्रम निर्माताका लागि आजदेखि दुईदिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । प्रदेश नं ३ का मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सो कार्यक्रमको उद्घाटन गर्नुहुँदै राजनीतिज्ञ र चिकित्सकले भन्दा पत्रकारले देश […]
चैत ९, भक्तपुर (रासस) । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी […]
चैत्र ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको सेयरका लागि आवेदन दिएका छन्। जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले ३७ मेगावाट क्षमताको उक्त आयोजनाको सेयर किन्न निवेदन दिएका हुन्। कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता समेत खोलेका […]
नेपाल वार एशोसियसनको यहि चैत्र १६ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले नेपाल कानुन व्यवसायीहरुको संगठनका अध्यक्ष तथा प्रगतिशील एवं समावेशी समुहका चुनावी कमाण्डर अधिवक्ता श्री रुद्र नेपालसॅग गर्नु भएको कुराकानीमा आधारित : १. सन्चै हुनुहुन्छ ? कस्तो छ चुनावी दौडधुप ? -> सन्चै छु । हामी नेपाल वार एशोसियसनको आसन्न निर्वाचन […]
चैत्र ४, झापा । नेकपा झापा कार्यदलले नगर गाउको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यदलका सदस्य समेत रहेका पुर्व नेकपा(एमाले) झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठकले एकता प्रक्रियालाई सहज ढंगले लिँदै आफ्नो जिम्मेवारी पुरा गर्ने दिशा तर्फ अगाडी बढेको स्याटलाइट खबरलाई जानकारी गराए। गत फागुन २१ गते ‘सुखानी सहिद’ दिवशको अवसर पारेर जिल्लाका […]
चैत ४, ललितपुर (रासस)। ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र नयाँ निजी विद्यालयलाई यस वर्षपनि सञ्चालनको अनुमति नदिने भएको छ । नगरभित्रका विद्यालयलाई व्यवस्थित गर्ने भन्दै गतवर्ष महानगरपालिकाले नयाँ निजी विद्यालयलाई सञ्चालनको अनुमति नदिने निर्णय गरेको थियो । महानगरपालिकाभित्र कम दूरीमा नै धेरै निजी विद्यालय भएकाले त्यसलाई व्यवस्थित गर्नका लागि नयाँ शैक्षिक सत्रमा पनि थप विद्यालयलाई अनुमति नदिइने […]
नेपाल वार एशोसियसनको केन्द्रिय कार्य समिति निर्वाचनका लागि यहि चैत्र १६ गते हुन गइरहेको निर्वाचनलाई केन्द्रित गरेर स्याटलाइट खबरका प्रतिनिधिले प्रगतिशील पेशागत तथा समावेशी कानुन व्यवसायी समुहबाट उपाध्यक्ष (प्रदेश नं. ३) पदमा उम्मेदवारी दिनु भएका अधिवक्ता इश्वरी प्रसाद भट्टराई सॅग गर्नु भएको कुराकानीमा आधारित : १. जाडो मौसम विस्तारै गर्मी तिर जाॅदै छ तर वारको […]
चैत ३,विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो […]