• Category: देश

    सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत अस्पष्टता

    सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत अस्पष्टता

    फागुन २८, काठमाडौँ(रासस) । सरकारले निकै उत्साहका साथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले सूचीकरण प्रक्रियामै देखिएको अस्पष्टताले योजनाको सफल कार्यान्वयनमै शङ्का व्यक्त गरे । उनीहरुले हाल प्रचलनमा रहेको कर्मचारी सञ्चय […]

    मृतकको नाममा भत्ता

    फागुन २८, काठमाडौँ (रासस) । नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दर्ता गरेको एक मुद्दामा त्यस्तो कुराको खुलासा भएको हो । दैलेखको साविक द्वारी गाउँविकास समितिका सहलेखापाल छविराम शर्माले मृतकका नाममा […]

    बिप्लव समुहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

    बिप्लव समुहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय

    फागुन २८, काठमाडौँ (रासस) : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भन्नुभयो, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक […]

    प्याब्सनको निर्वाचन बुधबार

    प्याब्सनको निर्वाचन बुधबार

    फागुन २८, काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को नयाँ नेतृत्वको लागि बुधबार निर्वाचन हुने भएको छ । आज १४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन र बन्दसत्र सकिएपछि बुधबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म नयाँ नेतृत्वको लागि निर्वाचन हुने प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि टीकाराम पुरी र […]

    स्वतन्त्र मधेश माग गर्ने विखण्डनकारी सिके राउतसँगको सहमति सकारात्मक : राप्रपा

    फागुन २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले एक विज्ञप्ति जारि गरि सरकार र डा. सिके राउतको स्वतन्त्र मधेश गठबन्धन विच भएको सहमतिलाई सकारात्मक भएको बताएको छ । यस पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्ति जारी गरी राप्रपाले यस घटनालाई सतर्कतासाथ स्वागत गर्ने उल्लेख गरेका छन् । शुक्रवार दिउँसो सरकार सँग भएको ११ बुँदे सहमतिलाई […]

    अस्ताए ‘नौ स’ का जन्मदाता भरतमोहन- बृद्धभत्ता बन्यो साझा कार्यक्रम

    अस्ताए ‘नौ स’ का जन्मदाता भरतमोहन- बृद्धभत्ता बन्यो साझा कार्यक्रम

    फागुन-१९ , काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री ८२  वर्षीय भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भयो । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीको पार्थिव शरीरलाई  नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा […]

    रोहिरहेछ काठमाडौं पनि- अन्तिम श्रद्धाञ्जली शुक्रवार बिहान ८ः०० बजे पछि

    रोहिरहेछ काठमाडौं पनि- अन्तिम श्रद्धाञ्जली शुक्रवार बिहान ८ः०० बजे पछि

    फागुन-१६, काठमाडौं । आज राष्ट्रिय शोक घोषणा भएको दिन काठमाडौंको वातावरण उदास बनेको छ । काठमाडौंवासी मात्र होइन, सिंगै प्रकृति उदास बनेको छ । बिहीबार बिहान उपत्यका वरपरका डाँडाकाँडाहरु हिउँले सेताम्य बनेका थिए । केहीबेर घाम लागे पनि हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको शव काठमाडौं ल्याइपुर्‍याउँदा यहाँको मौसममा समेत […]

    मन्त्री अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडान

    मन्त्री अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडान

    फागुन १६ ताप्लेजुड । केहि समय अगाडी पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको सब बोकेको सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको श्रोतले बतायो । सेनाको हेलिकोप्टरले सब टिचिड अस्पताल महाराजगंज ल्याई पुर्याउने बित्तिकै पोष्टमार्टम गरिने छ । तत्पश्चात ३:०० बजे बाट काठमाडौंको खुल्लामञ्चमा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ ।  

    उपत्यकामा १२ वर्षपछि हिमपात

    उपत्यकामा १२ वर्षपछि हिमपात

    फागुन-१६ , भक्तपुर । काठमाडौं उपत्यका शहरमा १२ वर्षपछि आज बिहानै हिमपात भएको छ । भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हुँदा चिसो बढेर जनजीवन प्रभावित भएको छ । भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौं र ललितपुरमा समेत […]

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    खराब मौसमका कारण मन्त्री अधिकारी सहितको सब काठमाडौँं ल्याई पुर्याउन ढिलाई , टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइने

    फागुन-१६, काठमाडौं। हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाडौं ल्याउने तयारी भैरहेको छ । तर मौसम खराब भएकाले शव काठमाडौं ल्याईपुर्याउन ढिलाई भईरहेको श्रोतले बतायो । घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । शवहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ […]