काठमाडौं, ३ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार बुधबार राष्ट्रपति पौडेलले भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिनालाई राजदूत नियुक्त गरेकालहुन । उनीहरुलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । […]
काठमाडौं, २ मंसिर । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा छानबिन गर्न गठित समितिको प्रतिवेदन समितिमा उपलब्ध गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो । समिती सदस्य सुमना श्रेष्ठले बुधबारको बैठकमा प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी थिइन् । […]
कुल नारायण श्रेष्ठ, काठमाडौं, ३ पुस । सहरी विकासमा सार्वजनिक स्थानहरूको महत्व विशिष्ट हुन्छ । पोखरी, पार्क, उद्यान, हरियाली क्षेत्रलगायतको ठूलो भूमिका रहन्छ । जैविक विविधता, प्राकृतिक सुन्दरता एवं स्थानीय उपभोक्ताका लागि पनि यस्ता क्षेत्रहरूले योगदान महत्त्वपूर्ण हुन्छ । कुनै पनि सहर कत्तिको व्यवस्थित, सुरक्षित छ भनेर त्यहाँको भौतिक पूर्वाधारले मात्र अर्थ राख्दैन, त्यहाँका मानव […]
काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप […]
काठमाडौं, ३ पुस । हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने सिस्नेरी–दक्षिणकाली सडक आजदेखि यही पुस ११ गतेसम्म बन्द हुने भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उक्त सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागिएकोेले सवारी सञ्चालनमा रोक लगाइएको हो । यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको […]
काठमाडौं, २ पुस । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पहिलोपटक प्रसारण लाइन निर्माण हुने भएको छ । सार्वजनिक निजी साझेदारीमा पहिलोपटक तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माण गर्न सम्झौता भएको हो । मंगलबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीबीच ऊर्जा मन्त्रालयमा उक्त सम्झौता […]
काठमाडौं, २ पुस । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । वातावरण विभागले आज एक सूचना जारी गर्दै सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो । विगत केही […]
काठमाडौं, १ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि […]
काठमाडौं, १ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो । झालाई ठगी, लिखत […]
काठमाडौं, १ पुस । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २ गते केबुलकारको टावर मर्मत सम्भारका लागि सेवा बन्द गरिएको जानकारी दिएको हो । सूचनाअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ । केबलकार सेवा बन्द भए […]