• Category: राजनीति

    धर्मको नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली

    धर्मको नाममा राजनीति हुनु हुँदैनः प्रधानमन्त्री ओली

    काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको नाममा राजनीति हुन नहुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक नेपालमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीतिकरण भएमा त्यसले समाजलाई बिथोल्ने बताए । ‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ […]

    दीपक मनाङे कारागार चलान

    दीपक मनाङे कारागार चलान

    काठमाडौं, २७ कार्तिक । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौँको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । मनाङे ज्यान मुद्दामा दोषी ठहर भएका थिए । मनाङेको मुद्धामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला सदर गरेको […]

    दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो, कारागार चलान गर्ने तयारी

    दीपक मनाङेलाई सीआईबीबाट अदालत लगियो, कारागार चलान गर्ने तयारी

    काठमाडौं, २७ कार्तिक । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालतत लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभ¥याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर […]

    गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

    गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

    काठमडौं, २७ कार्तिक । गण्डकीका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार बिहान काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए […]

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय (सूचीसहित)

    काठमाडौं, २६ कार्तिक । मन्त्रिपरिषद् बैठकले गरेका आठ वटा निर्णय सार्वजनिक गरिएको छ । सोमबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिए । कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको IFAD-13 Replenishment का लागि नेपाल सरकारको तर्फबाट अमेरिकी डलर ७५ हजार योगदान भुक्तानी गर्न स्वीकृति […]

    कोशीका पूर्वमन्त्री पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत हो : मन्त्री गुरुङ

    कोशीका पूर्वमन्त्री पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत हो : मन्त्री गुरुङ

    काठमाडौं, २६ कार्तिक । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन् । सोमबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘यो एउटा संकेत हो । यस्तो काम ग¥यो भने सत्तारुढ दलको कुनै सांसद होस् कि मन्त्री वा मुख्यमन्त्री […]

    मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट हेर्न नमिल्नेमा

    मीनबहादुरले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट हेर्न नमिल्नेमा

    काठमाडौं, २६ कार्तिक । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादानविरुद्धको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ । आजका लागि पेसी तोकिएको रिट न्यायाधीश डा नहकुल सुवेदीले नहेर्ने भनेपछि हेर्न नमिल्नेमा राखिएको हो । प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी […]

    माओवादीको निर्णय : उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने, पुस २ मा केन्द्रीय समिति बैठक

    माओवादीको निर्णय : उपनिर्वाचनमा चुनावी गठबन्धन नगर्ने, पुस २ मा केन्द्रीय समिति बैठक

    काठमाडौं, २६ कार्तिक । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनसुार आजको बैठकले सिफारिस भएर आएको उम्मेदवारको नाम अनुमोदन गरेको छ । अनुमोदनसँगै पार्टी […]

    रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं, २५ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । आज आइतबार चौँथोपटक म्याद थपका […]

    मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

    मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

    काठमाडौं, २५ कार्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् । उनलाई निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । उनलाई काठमाडौं ल्याउने तयारी छ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला […]