• Category: राजनीति

    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

    प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

    काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेट गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले आठ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । चिनियाँ […]

    पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धन असफल, माओवादीकी नरपुरा विजयी

    पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धन असफल, माओवादीकी नरपुरा विजयी

    काठमाडौं, १७ मंसिर । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस–एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई फराकिलो मतान्तरले हराउँदै उनी विजयी भएकी हुन् । माओवादीकी बुढाले ३ हजार ६ सय २७ मत प्राप्त गरिन् । कांग्रेसको चुनाव चिह्नमा लडेकी एमालेकी तुलाचनले २ हजार १ सय २८ मत पाइन् । […]

    कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित

    कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित

    काठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त […]

    प्रधानमन्त्री ओली चीन प्रस्थान

    प्रधानमन्त्री ओली चीन प्रस्थान

    काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपाचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल टोली सोमबार हिमालय एयरलाइन्सको चार्टर विमानबाट चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ११ बजे […]

    लिलाबल्लभ अधिकारीविरुद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपिठ

    लिलाबल्लभ अधिकारीविरुद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपिठ

    काठमाडौं, १६ मंसिर । कोशी प्रदेशका पुर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध पेस भएको रिट निवेदनलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको उन्मुक्ति दिने निर्णय विरुद्धको रिट निवेदनलाई आइतबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका हुन् । सरकारी वकिल र महान्यायाधीवक्तालाई कुनै मुद्दा दर्ता गर्ने वा नगर्ने […]

    उपनिर्वाचन अपडेट : १ बजेसम्म ४५ प्रतिशत मतदान

    उपनिर्वाचन अपडेट : १ बजेसम्म ४५ प्रतिशत मतदान

    काठमाडौं, १६ मंसिर । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि जारी छ । निर्वाचन आयोगका अनुसार दिउँसो एक बजेसम्म ४५ प्रतिशत मतदान भएको छ । हालसम्म मतदान शान्तिपूर्ण रहेको र कतिपय स्थनमा मतगणना सकिए लगत्तै मतगणना सुरु गर्ने तयारी रहेका आयोगले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार […]

    उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

    उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

    काठमाडौं, १६ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत बिहान ११ बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वान आयोगकी प्रवक्ता निता पोखरेल अर्याललका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । यस्तै आयोगले जारी मतदान शान्तिपूर्ण रहेको जनाएको छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख […]

    आचारसंहिता विपरित कार्य गर्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

    आचारसंहिता विपरित कार्य गर्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

    काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै ६ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकाका गरी ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको थियो । गएराति अनुगमनका क्रममा उनीहरूले आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचारप्रसार गरेको पाइएपछि […]

    गृह मन्त्रालयको अनुरोध : सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्नु

    गृह मन्त्रालयको अनुरोध : सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्नु

    काठमाडौं, १४ मंसिर । गृह मन्त्रालयले सामाजिक सञ्जालमा अमर्यादित गतिविधि नगर्न सबैसँग अनुरोध गरेको छ । मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल लगायतका प्लेटफर्ममा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरू नदिन अनुरोध गरेको हो । […]

    कीर्तिपुर र काठमाडौं–१६ मा आज रातिदेखि मदिरा बिक्रीमा रोक

    कीर्तिपुर र काठमाडौं–१६ मा आज रातिदेखि मदिरा बिक्रीमा रोक

    काठमाडौं, १३ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज राति १२ बजेदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका […]