कठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले राज्यका अंगहरूको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिएको छ । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनअघि कांग्रेसले यस्तो चेतावनी दिएको हो । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीसमेत रहेका रास्वपाका रवि लामिछानेलाई जोगाउन सरकारले राज्यका निकायहरूको दुरुपयोग गरेको संकेत गर्दै कांग्रेसले त्यसो नगर्न चेतावनी दिएको हो । कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग […]
काठमाडौं, २७ वैशाख । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा […]
काठमाडौं, २७ वैशाख । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । बुधबार राति प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए । सो आह्वान गरेलगतै एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले […]
काठमाडौं, १७ वैशाख । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ११ हजार मत कटाएका छन् । सोमबार बिहान ११ः१० को अद्यावधिक विवरणअनुसार सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ७ हजार २७५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र […]
काठमाडौं, १४ शैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२औं दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय देखिएको बौद्धिक पलायनलाई रोक्नका लागि पाठ्यक्रम समयानुकूल परिवर्तन गर्न जरुरी देखिएको बताएका हुन् । उनले भने, ‘युवा–विद्यार्थीमा देशमै बसेर […]
चैत १०, चितवन (रासस) । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी […]
चैत ८, काठमाडौँ(रासस) । नेपाली काङ्ग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले नवौँ स्मृति दिवसको अवसरमा आज यहाँ आयोजना गरेको ‘सहमति, सहकार्य र एकताका महान् अभियान्ता गिरिजाबाबु’ विषयको विचार गोष्ठीमा उहाँले काङ्ग्रेस बलियो बनाउन पार्टीभित्र देखिएको विवाद समाप्त पार्नुपर्ने बताउनुभयो । “काङ्ग्रेस बलियो भएमात्र मुलुक र राष्ट्रियता […]
चैत्र ४, झापा । नेकपा झापा कार्यदलले नगर गाउको नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । कार्यदलका सदस्य समेत रहेका पुर्व नेकपा(एमाले) झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठकले एकता प्रक्रियालाई सहज ढंगले लिँदै आफ्नो जिम्मेवारी पुरा गर्ने दिशा तर्फ अगाडी बढेको स्याटलाइट खबरलाई जानकारी गराए। गत फागुन २१ गते ‘सुखानी सहिद’ दिवशको अवसर पारेर जिल्लाका […]
फागुन ३०, धनगढी (रासस) । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ । जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल […]
फागुन २९, विराटनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुरा गर्दै उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, जनतामा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री देउवाले […]