काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक पनि अवरोध गरेको छ । अवरोधपछि राष्ट्रियसभा बैठक मंगलबार (भोली) सावा १ बजेसम्मका लागि स्थगित भएको छ । बैठक सुरू हुनासाथ कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएसँगै अध्यक्ष नारायण दाहालले मंगलबार सवा १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । आज प्रतिनिधिसभा बैठक कांग्रेससहितका […]
काठमाडौं, ६ जेठ । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर) तय गर्न बसेको कार्यदलको बैठक सहमतिमा नपुगी टुंगिएको छ । आइतबार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठक निष्कर्षविहीन बनेको हो । कार्यदलका सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले समग्र सहकारीमा छानबिन गर्नुपर्ने बताए । उनले भने, ‘कुनै […]
काठमाडौं, ६ जेठ । प्रतिनिधि सभाको बैठक दोस्रो पटक सरेको छ । आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधि सभा बैठक संसदीय छानबिन समितिका लागि कार्यविधि तय गर्ने विषयमा सत्तापक्ष दल […]
काठमाडौं, ६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टीले उठाउँदै आएको हिन्दु राष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल हुने पार्टीका नेता […]
काठमाडौं, ६ जेठ । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सहकारीको रकम अपचलनबारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुंग्याउने कार्यदलको बैठक नसकिएपछि सारिएको हो । संघीय संसद सचिवालयले जारी गरेको सूचनामा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले सभामुख देवराज घिमिरेले २ […]
काठमाडौं, ६ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । आइतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन निर्णय गरेको हो । उक्त बैठकले गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले […]
काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक जेठ ६ गतते सम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो । संसद् सचिवालयका अनुसार अर्को […]
प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । शुक्रबार बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, दलहरु आन्तरिक र दुईपक्षीय छलफलमा रहेका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो । नयाँबानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितका विपक्षी […]
काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध कायमै रहेपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक शुक्रबार ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका छन्। अध्यक्ष नारायणप्रसाद दाहालले बिहीबार अपराह्न बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए । अध्यक्ष दाहालले बैठक सञ्चालनका […]
काठमाडौं, ३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास व्यक्त गरेका छन् । संसद्को गतिरोध खुलाउने विषयमा आफू शीर्ष नेताहरूसँग निरन्तर संवादमा रहेको ब्रिफिङ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूसमक्ष गरेका छन् । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै उक्त विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग राख्दै […]