काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले समानुपातिकतर्फ रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ रिक्त पदमा थापालाई सिफारिस गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।
काठमाडौं, २३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत मंसिर ९ गते थपिएको १५ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले थप अनुसन्धान लागि म्याद थप्न प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले चार दिन […]
काठमाडौं, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । आइतबार रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा उजुरी दिएका हुन । २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको […]
काठमाडौं, २३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज फेरि अदालत उपस्थित गराएको छ । गत मंसिर ९ गते थपिएको १५ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले आज अदालतमा उपस्थित गराएको हो । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंस्थित पार्टी कार्यालयबाट […]
काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको […]
काठमाडौं, २० मंसिर । नेकपा माओवादी केन्द्रले २०८४ को चुनाव कसैसँग गठबन्धन नगरी एक्लै लड्ने तयारीमा जुट्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा आज बिहान बसेको पदाधिकारीे बैठकले उपनिर्वाचनमा एक्लै लड्ने पार्टीको निर्णय जनताले अनुमोदन गरेको र माओवादीको जनमत सबैतिर ‘राम्रो’ भएको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले […]
काठमाडौं, २० मंसिर । चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फिर्ता भएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको टोलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो साढे २ बजे काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । प्रधानमन्त्री ओली […]
काठमाडौं, १९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको । आज त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा उनको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको हो । उनी आज बिहान प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट शल्यक्रिया (बाइबोलार टर्प) सफलतापूर्वक सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले एक विज्ञप्तिमार्फत् जानकारी […]
काठमाडौं, १८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । प्रसाईंले प्रधानमन्त्री केपी […]
काठमाडौं, १८ मंसिर । नवनिर्वाचित काठमाडौं महानगरपालिका वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई मेयर शाहले शपथ ग्रहण गराएका हुन् । उनी गत आइतबार भएको उपनिर्वाचनमा काठमाडौं–१६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् । […]