• Category: राजनीति

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    काठमाडौं, ७ पुस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पुस १० गते बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल गरिने छ ।  

    हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

    हिजो स्थगित मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं, ५ पुस । बिहीबार स्थगित भएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । हिजो बस्ने तय भए पनि स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बोलाइएको हो । मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ । हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । […]

    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं, ४ पुस । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । साथै […]

    प्रधानमन्त्री ओलीसँग युएईका राजदूतको भेट

    प्रधानमन्त्री ओलीसँग युएईका राजदूतको भेट

    काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वर्ल्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएको […]

    रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति

    रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति

    काठमाडौं, २ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर […]

    गृहमन्त्रीको निर्देशन : सीमा अपराध र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्नु

    गृहमन्त्रीको निर्देशन : सीमा अपराध र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्नु

    काठमाडौं, २ पुस । गृहमन्त्री रमेश लेखकले सीमा अपराध, रावस्व चुहावट र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मङ्गलवार भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमापार अपराध, रावस्व चुहावट र तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताए । यस्तै गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो […]

    प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

    प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन

    काठमाडौं, १ पुस । प्रहरीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसार सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी […]

    कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

    काठमाडौं, १ पुस । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति कम भएकाले कोरम नपुगेर स्थगित भएको हो । बैठकमा १२ जना सांसद उपस्थित हुनु पर्नेमा आठ जना मात्रै उपस्थित भएका थिए । गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी […]

    माओवादी स्थायी समिति बैठक स्थगित

    माओवादी स्थायी समिति बैठक स्थगित

    काठमाडौं, २७ मंसिर । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टी उपमहासचिव गिरिराजमणी पोखरेलका अनुसार आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक बैठक स्थगित भएको हो । यही मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी […]

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने गरी बोलाइएको हो । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारबाहीबारे नियमित छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।