काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त ड. सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराएका हुन् । कार्यक्रममा सञ्चार […]
काठमडौं, २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् । ७६औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा मंगलबार ललितपुरमा गरिएको आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए । कार्यक्रममा उनले भने, ’राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । […]
काठमाडौं, २४ मंसिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिएका तर आवश्यक कागजात नभएका व्यक्तिलाई स्वतः नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा गरेका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलो टेलिभिजन अन्तर्वार्ता दिने क्रममा उनले एनबीसी न्युज च्यालनसँग यस्तो भनेका हुन् । अमेरिकी संविधानको १४औं संशोधन अनुसार अमेरिकामा जन्मिएका बच्चालाई अमेरिकी नागरिकता दिने व्यवस्था गरेको […]
काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन् । झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन आग्रह गरे । ‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका […]
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले समानुपातिकतर्फ रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ रिक्त पदमा थापालाई सिफारिस गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।
काठमाडौं, २४ मंसिर । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको २४औं सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । जसअनुसार १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक […]
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई […]
काठमाडौं, २३ मंसिर । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत मंसिर ९ गते थपिएको १५ दिनको म्याद शनिबार सकिएसँगै प्रहरीले थप अनुसन्धान लागि म्याद थप्न प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले चार दिन […]
काठमाडौं, २३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । आइतबार रास्वपा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आयोगमा उजुरी दिएका हुन । २ कात्तिकमा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने कार्य भएको […]
काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् । नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई […]