काठमाडौं, २ पुस । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । लामिछानेसहित छविलाल जोशी, लिला पछाई, रामबहादुर […]
काठमाडौं, २ पुस । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । वातावरण विभागले आज एक सूचना जारी गर्दै सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो । विगत केही […]
काठमाडौं, २ पुस । गृहमन्त्री रमेश लेखकले सीमा अपराध, रावस्व चुहावट र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मङ्गलवार भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमापार अपराध, रावस्व चुहावट र तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताए । यस्तै गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो […]
काठमाडौं, १ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका छन् । एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिन अर्थमन्त्री थाइल्याण्ड गएको उनको सचिवालयले जनाएको छ । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गर्ने उच्चस्तरीय क्षेत्रीय परामर्श बैठक पुस २ देखि […]
काठमाडौं, १ पुस । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो । झालाई ठगी, लिखत […]
काठमाडौं, १ पुस । प्रहरीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका डीएसपी वसन्त शर्माका अनुसार सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको हो । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी […]
काठमाडौं, १ पुस । कोरम नपुगेको भन्दै सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक स्थगित भएको छ । बैठकमा सत्ता पक्षीय सांसदहरूको उपस्थिति कम भएकाले कोरम नपुगेर स्थगित भएको हो । बैठकमा १२ जना सांसद उपस्थित हुनु पर्नेमा आठ जना मात्रै उपस्थित भएका थिए । गणपूरक संख्या नपुगी बैठक सञ्चालन गरेको भन्दै नेकपा (माओवादी […]
काठमाडौं, १ पुस । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै पुस १ र २ गते केबुलकारको टावर मर्मत सम्भारका लागि सेवा बन्द गरिएको जानकारी दिएको हो । सूचनाअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ । केबलकार सेवा बन्द भए […]
काठमाडौं, २८ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । कार्यालयका अनुसार पोर्चुगलका […]
काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्धधर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन् । नवौँ नानहाई बौद्ध सम्मेलनको काठमाडौँ फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त धागोले हाम्रा दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने बताए । ‘नेपाल चीन केवल […]