• Category: देश

    एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

    एनपीएलको उपाधि जिते ३० लाख पुरस्कार दिने मुख्यमन्त्री कार्कीको घोषणा

    काठमाडौं, १२ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार विराटनगर किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । एनपीएल त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यही मंसिर १५ गतेदेखि पुस ६ […]

    दुर्गा प्रसाईं सर्वोच्चबाट अस्पताल फिर्ता

    दुर्गा प्रसाईं सर्वोच्चबाट अस्पताल फिर्ता

    काठमाडौं, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फिर्ता लगिएकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको भन्ने आरोप लगाएपछि पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो । उनका छोरा निराजन प्रसाईंले मंसिर ८ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए । […]

    महानगरले तिरायो सडकमा फोहोर फाल्नेलाई जरिवाना

    महानगरले तिरायो सडकमा फोहोर फाल्नेलाई जरिवाना

    काठमाडौं, ११ मंसिर । सडकमा फोहोर फाल्ने एक जना व्यक्तिलाई जरिवाना तिराइएको छ । काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना तिराइएको हो । महानगरपालिकाकाअनुसार जरिवाना तिर्नेमा काठमाडौं–१४ स्थित कुलेश्वरका कुबेर थापा रहेका छन् । यसअघि सोमबार सडक हिलो बनाएको भन्दै वडा–४ स्थित मानश्री मार्गमा स्वता शाहलाई २५ हजार जरिवाना […]

    लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाइने

    लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाइने

    काठमाडौं, ११ मंसिर । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट प्रक्रियालाई […]

    शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

    शर्माको मुद्दामा विपक्षी झिकाउन सर्वोच्चको आदेश

    काठमाडौं, ११ मंसिर । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका कर फर्स्योट आयोगका पूर्वपदाधिकारीहरूले दायर गरेको मुद्दामा विपक्षी झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले उनीहरुले विपक्षी बनाएका पक्षहरुलाई झिकाउन र मुद्दाको सुनुवाईको प्रक्रिया अघि बढाउन आदेश दिएको हो । कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य सचिवको भूमिकामा […]

    गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ निष्कासन गर्ने

    गार्डियन माइक्रो लाइफले मंसिर १९ देखि आईपीओ निष्कासन गर्ने

    काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता […]

    हवाई भाडा अध्ययन गर्न कार्यदल गठन, अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन आग्रह

    हवाई भाडा अध्ययन गर्न कार्यदल गठन, अन्तर्राष्ट्रिय भाडा धेरै लिएको भेटिए उजुरी दिन आग्रह

    काठमाडौं, १० मंसिर । अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक मूल्य तिर्नुपरेको व्यापक गुनासोपछि सरकारले एक अध्ययन कार्यदल गठन गरेको छ । पछिल्लो समय हवाई भाड महँगो भएको भनेर विरोध भइरहेका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन भएको हो । उच्च दरको हवाई टिकट खरिद–बिक्री गरेको विषयमा कुनै गुनासो […]

    धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण

    धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण

    काठमाडौं, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरूले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए […]

    अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

    अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

    काठमाडौं, ९ मंसिर । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन् । यादव गत १६ असोजमा बसेको संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएकी थिइन् । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अस्ट्रेलियाका लागि आवसीय राजदूत पदमा नियुक्त […]

    राष्ट्रपतिद्वारा प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

    राष्ट्रपतिद्वारा प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

    काठमडौं, ९ मंसिर । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १० गतेदेखि लागू हुने गरी दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष रस्वास्थ्यको कारण देखाउँदै राजीनामा पेस गरेका थिए । सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको […]