काठमाडौं, १७ मंसिर । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन आग्रह गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो स्वीकृति लिएर संरचना निर्माण गर्नुपर्नेमा कतिपय भवनहरु मापदण्ड विपरीत प्रसारण लाइनमुनि वा मापदण्डले तोकेको भन्दा बाहिर भएर निर्माण गरेको पाइएको भन्दै ३५ दिनभित्र सो संरचना हटाउन आग्रह गरेको हो । विद्युत् […]
काठमाडौं, १६ मंसिर । भन्सार विभागले भन्सार चुहावटबारे जानकारी वा सूचना दिन सबैमा आह्वान गरेको छ । विभागले एक सूचना जारी गर्दै भन्सार प्रशासनमा हुने जोखिम तथा राजस्व चुहावटका विषयमा कुनै जानकारी वा सूचना भएमा विभागको इन्टिलिजेन्ट युनिटमा टिपाउन आग्रह गरेको छ । विभागले दिइएको सूचना गोप्य राखिने समेत बताएको छ ।
काठमाडौं, १६ मंसिर । विभिन्न चार देशका नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान शीतल निवासामा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई शपथ खुवाएका हुन् । सपथ लिनेमा अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा. शैल रुपाखेती, साउदी अरबका लागि डा. नरेशविक्रम ढकाल र अष्ट्रेलियाका लागि चित्रलेखा यादव […]
काठमाडौं, १६ मंसिर । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर एक रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर दुई र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । […]
काठमाडौं, १४ मंसिर । उच्च अदालत पाटनले पशुपति धर्मशालाबाट मारवाडी सेवा समितिलाई तत्काल नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु टंकप्रसाद गुरुङ र टिकाराम आचार्यको इजलासले पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच २२ असोज २०८१ मा भएको सहमति तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । महानगरपालिका र कोषबीच धर्मशालाबाट मारवाडी सेवा समितिलाई हटाएर यसको […]
काठमाडौं, १४ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार बिदाइ भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल र जापानबिच रहिआएको द्पिक्षीय सम्बन्ध, आवसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । साथै राष्ट्रपति पौडेलले राजदूत युताकालाई आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोमा धन्यवाद […]
यज्ञ बञ्जाडे काठमाडौं, १४ मंसिर । पछिल्ला केही वर्षयता सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानी दायित्व निरन्तर बढ्दै गएपछि सरकार ऋणको साँवा–ब्याज तिर्नकै लागि ऋण लिनुपर्ने अवस्थामा पुगेको छ । वार्षिक रूपमा उठाइएको सार्वजनिक ऋणकै हाराहारी रकम यसअघि लिइएको ऋणको साँवा–ब्याज तिर्नुमै खर्चिनुपरेकाले सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपरेको रूपमा विश्लेषण गरिएको हो । सार्वजनिक ऋणको भार […]
काठमाडौं, १३ मंसिर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले उनलाई बिदाइ गरेका थिए । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो चीन भ्रमण […]
काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रूपमा हेरिनुपर्ने बताएका छन् । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र जनघनत्वका सहसम्बन्धलाई ध्यान दिएर सीमान्तकृत तथा विपन्न समुदायको सहज जीवनयापनका लागि आधारभूत आवश्यकताको परिपूर्ति गर्न सरकारका प्रयासहरू जारी रहेको बताए । प्रधानमन्त्री ओलीले काठमाडू […]
काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा तत्काल विद्युत लाइन नकाट्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सरकारले प्राधिकरणलाई १५ दिनभित्र ट्रंक/डेडिकेटेड विवाद भएका उद्योगमा टाइम अफ द डे (टिओडी) मिटर उपलब्ध गराएर बक्यौता उठाउन र तत्काल लाइन जोड्न निर्देशन दिएको थियो । उक्त […]