काठमडौं, २५ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मानवअधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताएका छन् । ७६औँ मानवअधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा मंगलबार ललितपुरमा गरिएको आयोजित कार्यक्रममा उनले मानवअधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताए । कार्यक्रममा उनले भने, ’राज्य र राजनीतिक शक्तिहरू मानवाधिकार रक्षा गर्न प्रतिबद्ध छन् । […]
काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा नाम राख्ने गरी काम गर्ने बताएका छन् । झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको सोमबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन आग्रह गरे । ‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका […]
काठमाडौं, २४ मंसिर । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको २४औं सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । जसअनुसार १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक […]
काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई […]
काठमाडौं, २३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने क्रममा आज काठमाडौं आएका हुन् । नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने नेपालस्थित अमेरिकी राजदूतवासले जनाएको छ । उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई […]
काठमाडौं, २१ मंसिर । निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निर्णय गरेको छ । आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने जनाएको हो । यसअघि गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाता […]
काठमाडौं, २१ मंसिर । भुटानका राजा नरेश जिग्मे खेसार नाम्ग्याल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आइपुगेका छन् । बिहीबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका उनीहरूले भुटान फर्किने क्रममा ट्रान्जिट भिजिटका रूपमा शुक्रबार बिहान काठमाडौंको आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् । भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने […]
काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् । चीन भ्रमणबाट फर्किएर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए । ओलीले भने, ‘ऋणसम्बन्धी कुनै कुरा चलेन । छलफल पनि भएन । बीआरआईबारे छलफल भयो । अहिले हामीले जे प्राप्त […]
काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली २ बजे काठमाडौं आइपुगेका हुन् । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै […]
काठमाडौं, २० मंसिर । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा कार्यरत २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै गृहमन्त्री लेखकले सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताएको राससमा उल्लेख छ […]