काठमाडौं, ३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा भाग लिनका लागि पौडेल जान लागेका जानकारी दिए । उनले भने, ‘जुनको दोस्रो हप्तातिर हो जस्तो लाग्छ, मितिको बारेमा औपचारिक जानकारी आउन बाँकी छ । आइएलओको वार्षिक उत्सवमा राष्ट्रपति […]
काठमाडौं, २ जेठ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । बुधबार १६औं आवधिक योाजना सार्वजनिक भए पश्चात् उनले यस्तो बताएका हुन् । श्रेष्ठले भने, ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको […]
काठमाडौं, २ जेठ । प्रतिनिधि सभाले सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । मंगलबार सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ […]
चैत्र ९, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट पक्राउ परेका हुन् । उनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको हो । ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव […]
चैत ३,विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै प्रधानमन्त्री ओलीले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पार्नुभयो । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो […]
चैत्र ३,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली आज साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्नुहुने भएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीता दाहालको Progressive […]
फागुन १, काठमाडौं । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य समेत रहेका ईश्वर पोखरेलले नेत्र विक्रम चन्द ‘विप्लव समुह’ लाई प्रतिबन्ध लगाउनु जायज भएको प्रष्ट पारे । शुक्रवार बिहान नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को काठमाडौं जिल्ला कार्यालय उद्घाटन समारोहमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । संविधानले दिएको अधिकार प्रयोग गरेर राजनीतिक गतिविधी […]
फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]
फागुन २९,काठमाडौँ (रासस) : मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक […]
फागुन २८, काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को जारी १४औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिले असन्तुष्टि जनाएपछि आर्थिक प्रतिवेदन पारित हुन नसकी छानबिन समिति गठन भएको छ । बन्दसत्रमा कोषाध्यक्ष टङ्कबहादुर भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन चित्तबुझ्दो नभएको र आर्थिक अनियमितता भएको प्रश्न उठाएपछि हलको मागअनुसार समिति गठन भएको हो । प्याब्सनका सातै […]