• Category: देश

    चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

    चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

    काठमाडौं, २० मंसिर । नेपालका चर्चित इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । राणाले लेखेका प्रख्यात किताबहरु धेरै छन् […]

    जनकपुरधाममा ३ दिनसम्म मदिरा र मासु बिक्री वितरणमा रोक

    जनकपुरधाममा ३ दिनसम्म मदिरा र मासु बिक्री वितरणमा रोक

    काठमाडौं, १९ मंसिर । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवका अवसरमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आजदेखि तीन दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो । महोत्सवलाई सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय […]

    नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

    नेपाल र चीनबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर

    काठमाडौं, १९ मंसिर । नेपाल र चीन सरकारबीच बेल्ट एवं रोड इनिसिएटिभ (बीआरआई) को फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका हुन् । मंगलबार प्रधानमन्त्री केपी […]

    चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध

    चीनलाई मदन भण्डारी विश्वविद्यालयसँग सहकार्य गर्न प्रधानमन्त्रीको अनुरोध

    काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् । उनले सम्बोधनमा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा […]

    पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

    पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते (कार्यतालिकासहित)

    काठमाडौं, १८ मंसिर । नेपाल पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते हुने भएको छ । मंगलबार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै सो जानकारी दिएको हो । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ताको समय मंसिर २१ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । सोही दिन ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारमाथि […]

    विश्वका १०० जना प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

    विश्वका १०० जना प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

    काठमाडौं, १८ मंसिर । बेलायती समाचार संस्था बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । बीबीसीले सोमबार सार्वजनिक गरेको उक्त सूचीमा नेपाली शिलशिला आचार्य परेकी छन् । पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची […]

    नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

    नेपाल र चीनबीच ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं, १८ मंसिर । नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको […]

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

    अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै

    काठमाडौं, १८ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । दक्षिण एवम् मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले भारत, श्रीलंका र नेपाल भ्रमण गर्ने भएका हुन् । उनको यो भ्रमण ३ डिसेम्बरदेखि १० डिसेम्बरसम्मको हुने छ । भारतबाट श्रीलङ्का हुँदै नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । अमेरिकी […]

    कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले दिए आवेदन (सूचीसहित)

    कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले दिए आवेदन (सूचीसहित)

    काठमाडौं, १७ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले सोमबार ६ जनाको नामसार्वजनिक गरेको हो । समितिले २१ कार्तिकमा सूचना जारी गरी उपकुलपति नियुक्त गर्न आवेदन माग गरिएको थियो । उपकुलपतिका लागि प्रा.डा अर्जुन कुमार श्रेष्ठ, प्रा.डा. कल्याणी […]

    प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं, १७ मंसिर । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेसँगै सिंहलाई प्रधानमन्त्रीको सिफारिसमा कार्यवाहकको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । प्रधानमन्त्री ओली ४ दिने औपचारिक भ्रमणको क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]