• Category: समाचार

    प्रधानमन्त्रीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख खर्च

    प्रधानमन्त्रीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख खर्च

    काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा राज्यकोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसङ्घको ७९ महासभामा भाग लिन प्रधानमन्त्री ओलीको नेतृत्वमा अमेरिका भ्रमणमा गएको उच्चस्तरीय टोलीले राज्य कोषबाट ४ करोड २९ लाख ५८ हजार रुपैयाँ खर्च गरेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा […]

    रविसहित ३१ जनाविरुद्ध अभियोग दर्ता, १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी

    रविसहित ३१ जनाविरुद्ध अभियोग दर्ता, १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी

    काठमाडौं, ७ पुस । सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोग पत्र जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेका अनुसार लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरिएको हो । प्रतिवादीहरुविरुद्ध […]

    जलविद्युत आयोजनामा लगानी गर्ने समय १५ दिन थप

    जलविद्युत आयोजनामा लगानी गर्ने समय १५ दिन थप

    काठमाडौं, ७ पुस । विद्युत उत्पादन कम्पनीले जलविद्युत आयोजनाको लगानीका लागि आह्वान गरेको प्रस्तावका लागि १५ दिन समय थपेको छ । शनिबार सूचना निकालेर किमाथांका अरुण र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको लगानीका लागि आह्वान गरेको प्रस्तावमा १५ दिनको समय थप गरिएको कम्पनीले जनाएको छ । यी आयोजनामा लगानी गर्न इच्छुक भएका कम्पनीले पुस २३ […]

    एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    एनपीएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई […]

    नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं, ७ पुस । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कोषको पुष ७ गते (आज) बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने […]

    ३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    ३० प्रतिशत लाभांश प्रस्तावसहित नेपाल टेलिकमले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं, ७ पुस । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनिलाई लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनिलाई करसहित प्रतिशेयर ३० रुपैयाँ (३० प्रतिशत) का दरले नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न पुस २८ […]

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    एमालेद्वारा सचिवालय बैठक आह्वान

    काठमाडौं, ७ पुस । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पुस १० गते बुधबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजना लगायत विषयमा छलफल गरिने छ ।  

    ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ पुस तेस्रो सातादेखि

    ‘द भ्वाइस अफ नेपाल’को सिजन ६ पुस तेस्रो सातादेखि

    काठमाडौं, ५ पुस । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण पुष तेस्रो साताबाट सुरु हुने भएको छ । निर्माण टिमले आज एक पत्रकार सम्मेलन गर्दै छैटौं सिजनबारे जानकारी दिएको हो । हिमालयन टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे कार्यक्रम हेर्न पाइनेछ । साथै द भ्वाइस अफ नेपालको युट्युब च्यानलबाट पनि हेर्न […]

    नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी

    नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी

    काठमाडौं, ५ पुस । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । संरक्षण परिषद्को पहिलो बैठकले लोहनीलाई ४ वर्षका लागि विश्वविद्यालयको कुलपतिमा चयन गरेको जनाइएको छ । सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदक सहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल […]

    प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

    प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट

    काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधुरीले बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधुरीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायीत्वमा जाने विश्वास गरे । राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया […]