काठमाडौं, ३ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १०० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरण जारी गरी १०० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि बुधबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने […]
काठमाडौं, २ पुस । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पहिलोपटक प्रसारण लाइन निर्माण हुने भएको छ । सार्वजनिक निजी साझेदारीमा पहिलोपटक तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माण गर्न सम्झौता भएको हो । मंगलबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीबीच ऊर्जा मन्त्रालयमा उक्त सम्झौता […]
काठमाडौं, २ पुस । जुवा खेलिरहेको अवस्थामा १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट रू. १ लाख ६५ हजार ४ सय रूपैयाँ र १९ दाना ओखर सहित […]
काठमाडौं, २ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ । आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै मंगलबार पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । त्यस्तै उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो स्थान रहनेले २५ लाख रुपैयाँ, र चौथो स्थानमा रहने […]
काठमाडौं, २ पुस । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ९५ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ३३ दशमलव ८७ को विन्दुमा कायम भएको छ । अघिल्लो दिन ५१.३७ अङ्कले घटेको नेप्से परिसूचक २,६३० विन्दुमा बन्द भएको थियो । आज कारोबार रकम भने घटेको छ । ८९ लाख […]
काठमाडौं, २ पुस । वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ । वातावरण विभागले आज एक सूचना जारी गर्दै सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो । विगत केही […]
काठमाडौं, २ पुस । गृहमन्त्री रमेश लेखकले सीमा अपराध, रावस्व चुहावट र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई मङ्गलवार भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री लेखकले सीमापार अपराध, रावस्व चुहावट र तस्करी नियन्त्रणमा कुनै बहानाबाजी स्वीकार्य नहुने बताए । यस्तै गृहमन्त्री लेखकले अहिलेको गठबन्धन सरकार मुलुकमा दिगो […]
काठमाडौं, २ पुस । माउण्टेन इनर्जी नेपाल लिमिटेडले शेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको १ पुसमा बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट हुने बोनस शेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख […]
काठमाडौं, २ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै […]
काठमाडौं, २ पुस । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त […]