काठमाडौं, १८ असोज । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । अध्यक्ष सिफारिसका लागि बनेको समितिका संयोजक बिरामी परेपछि अन्तर्वार्ता स्थगित भएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति बनाइएको थियो । अधिकारी अस्वस्थ भएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । […]
काठमाडौं, यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । सोमबार नेप्से परिसूचक ४४ दशमलव ४५ अङ्कले बढेर २ हजार ८ सय ८ दशमलव ८६ को बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार नेप्से २२ दशमलव ३६ अंकले घटेर २ हजार ४६४ दशमलव ४० बिन्दुमा रोकिएको थियो । सोमबार […]
काठमाडौं, ११ असोज । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लि.को प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलको अध्यक्षता उक्त सभा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति÷पारिश्रमिक र वार्षिक […]
काठमाडौं, ११ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट सेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुकले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी […]
काठमाडौं, ७ असोज । साउनमा उच्च अङ्कले बढेको शेयर बजार भदौ महिनाभर दबाबमा रहँदा पनि साढे २ अर्बभन्दा बढी पूँजीगत लाभकर संकलन भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालू अर्थिक वर्ष २०८१÷८२ को भदौमा २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । समग्र बजार भदौ महिनामा १४ प्रतिशत […]
काठमाडौं, ६ असोज । आशा लघुवित्त वित्तीय संस्थाले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीका लागि १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । […]
काठमाडौं, २ असोज । यस महिनाको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । साताको अन्तिम कारोबार दिन (बुधबार) नेप्से परिसूचक ४ अङ्कले घटेर २ हजार ५७६ दशमलव ७६ को विन्दुमा बन्द भएको छ । अघिल्लो दिन नेप्से परिसूचक ५७ अङ्कले घटेर २५ सय ८० को विन्दुमा कायम भएको थियो […]
काठमाडौं, २ असोज । साहस ऊर्जाले शेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट शेयरधनीका लागि ८.४२१ प्रतिशत बोनस शेयर घोषणा गरेको हो । जसमा ८ प्रतिशतले हुन आउने २८ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत हुन आउने १ करोड ४७ लाख ३६ हजार […]
काठमाडौं, ३१ भदौ । यस साताको कारोबारको दोस्रो दिन शेयर बजार २५ सय विन्दुबाट ओर्लिएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५७ दशमलव ०३ अङ्क अर्थात् २.१६ प्रतिशतले घटेर २५ सय ८० दशमलव ७६ को विन्दुमा बन्द भएको हो । यसको अघिल्लो दिन ५०.७३ अङ्कले घटेको परिसूचक २६ सय ३७ को विन्दुमा कायम […]
काठमाडौं, ३१ भदौ । अपि पावर कम्पनी लिमीटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको गत भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांशको प्रस्ताव गरेको हो । कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत गरी कुल ९.४७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । […]