काठमाडौं, ११ मंसिर । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले यही मंसिर १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता […]
काठमाडौं, ११ मंसिर । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड […]
काठमाडौं, १० मंसिर । यस साताको कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १८ अङ्कले बढेको छ । सोमबार परिसूचक १५ दशमलव १८ अङ्कले बढेर २ हजार ६ सय ८३ दशमलव २४ को विन्दुमा बन्द भएको छ । आज कारोबार रकम भने घटेको छ । एक करोड २२ लाख ६३ हजार ७८० […]
काठमाडौं, ९ मंसिर । नेपाल धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तर्वार्ता तथा कार्यायोजना प्रस्तुति सकिएको छ । आवेदन दिएकामध्ये बोर्डका निवर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको प्रस्तुतिकरण भएको हो । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित थिए । आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको […]
काठमडौं, ९ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३.३६ रुपैयाँको कुल १०.००८३ प्रतिशतले हुन आउने ११ करोड १२ लाख ३५ हजार १८५.९४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव […]
काठमाडौं, ९ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र […]
काठमाडौं, ७ मंसिर । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले यही मंसिर १६ गतदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५० करोड रुपियाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपियाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले १०० रुपियाँ अंकित मूल्यमा ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने […]
काठमाडौं, ६ मंसिर । बोटलर्स नेपाल(तराई) लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
काठमाडौं, २९ कार्तिक । यस साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ९५ अङ्कले बढेको छ । बिहीबार परिसूचक १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७ सय ४८ दशमलव ७८को विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । यस दिन २ करोड १६ लाख […]
काठमाडौं, २९ कार्तिक । सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवारलाई फेरि अन्तर्वार्तामा बोलाएको छ । अर्थ मन्त्रालयले आज एक सूचना जारी गर्दै गठित सिफारिस समितिले तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको हो । यसअघि असोज १८ गते बोलाइएको अन्तर्वार्ता सिफारिस समितिका संयोजक डा. शिवराज अधिकारी बिरामी भएपछि स्थगित भएको थियो । सर्टलिस्टमा परेर […]