काठमाडौं, २८ जेठ । दुर्गा प्रसाईंको झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयले सिफारिस गरेको छ । सर्वोच्च अदालतको फैसला आएसँगै काठमाडौँ विश्वविद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिसपत्र पठाएको हो । सर्वोच्च अदालतले सो कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको थियो । काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज […]
काठमाडौं, २८ जेठ । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी […]
काठमाडौं, २७ जेठ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा वीर अस्पतालमा एक महिना ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने भएको छ । राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झाले विज्ञप्तिमार्फत उक्त घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ’अस्पतालमा ब्रेन ट्यूमरको उपचारका लागि आउनु हुने बिरामीहरू लाई […]
काठमाडौं, २५ जेठ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं विश्वविद्यालयको केन्द्रिय कार्यालय धुलिखेलमा रिले अनसन गर्दै आएको छ । विश्वविद्यालयमा अनियमितता तथा अमर्यादित कार्य भइरहेको भन्दै नेविसंघले त्यसका विरुद्धमा रिले अनसन थालेको हो। लामो समयदेखि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै आए तापनि विश्वविद्यालय प्रशासनले कुनै किसिमको समाधान गर्ने बाटो नखोजेकोले नेविसंघले रिले अनसन सुरु गरेको जनाएको […]
काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित संस्थागत विद्यालयले छात्रवृत्ति दिने विद्यार्थीहरूको संख्या सार्वजनिक गरेको छ । महानगरपालिकाले गोरखापत्रमा उक्त सूचना प्रकाशित गरी सार्वजनिक गरेको हो । महानगरका अनुसार चालू शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययनरत १८ हजार ४२२ जनालाई छात्रवृत्ति उपलब्ध गराएको विवरण महानगरपालिकामा बुझाएका छन् । यस्तै महानगरले […]
काठमाडौं, २३ जेठ । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि (फर्मेशी) पसल सञ्चालन गर्न निर्देशन दिएको छ । बुधबार महानगरपालिकाको स्वास्थ्य विभागले एक सूचना प्रकाशित गर्दै महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा औषधि पसल (फार्मेशी) सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट […]
काठमाडौ., २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कार्कीले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी हुन् । सांसद कार्कीले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन समेत आग्रह गरेकी […]
काठमाडौं, १५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको पुरानो भवनमा रहेको आकस्मिक कक्षलाई नयाँ भवनमा सार्न निर्देशन दिएका छन् । सोमबार मन्त्री यादवले वीर अस्पतालको अनुगमनको क्रममा आकस्मिक कक्षलाई सर्जिकल भवनमा सार्न निर्देशन दिएका हुन् । आकस्मिक कक्षमा बिरामीले भोग्नुपरेको सास्तीलाई सहजीकरण गर्न मन्त्री यादवले एक […]
काठमाडौं, १४ जेठ । पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिने भएको छ । महानगर शिक्षा समितिको आज बसेको बैठकले वीरगन्ज आसपासमा उच्च मात्रामा तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य समेत प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको हो […]
काठमाडौं, १४ जेठ । अबदेखि स्थानिय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न पाउनेछन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको निर्देशिकामा स्थानीय तहले पालिकाभित्र मात्रै शिक्षक सरुवा गर्न सक्ने व्यवस्था गरेको हो । निर्देशिकामा ‘दुवै विद्यालय एउटै स्थानीय तहभित्रका भएमा र तह, विषयसमेत यकिन गरी पाँच दिनभित्र शिक्षक व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तह आफैंले गर्न […]