काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, अंग्रेजी र विज्ञान शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद चौधरीले नेपालका धेरैजसो स्कुलमा गणित र विज्ञान शिक्षक नै पाउन छोडेको बताए । एसईई नतिजाले यी तीन विषयका लागि विशेष व्यवस्था गर्नुपर्ने देखाएको उनको भनाइ छ […]
काठमाडौं, १४ असार । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् । शुक्रबार मदन भण्डारी मेमोरियल कलेजको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको भन्दै यसलाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताए । घिमिरेल शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने […]
काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । बोर्डद्वारा सार्वजनिक विवरणअनुसार सबैभन्दा राम्रो बागमती प्रदेशको नतिजा आएको छ । बोर्डका अनुसार यसपटकको एसईई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ जना सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जनाले ननग्रेड […]
काठमाडौं, १३ असार । काठमाडौंस्थित पाकिस्तानी दूतावासको आयोजनामा वक्तृत्वकला तथा निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । बुधवार आयोजित उक्त प्रतियोगितामा वक्तृत्वकला र निबन्धलेखनतर्फ १६/१६ जना विद्यार्थी सहभागी थिए । ‘रोल अफ वुमन इन इकोनोमिक डेभलपमेन्ट अफ साउद एशिया’ शीर्षकको वक्तृत्वकलामा त्रिभुवन विश्वविद्यालयकी वर्षा कुमारी राउत प्रथम भएकी छिन् । उनले प्रथम पुरस्कार बापत रु. ४० […]
काठमाडौं, १३ असार, । एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्, जसमध्ये १८६ जनाले ४ जीपीए ल्याएका छन् भने भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् कार्यालयले सार्वजनिक गरेको […]
काठमाडौं, ९ असार । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचन आगामी साउनभित्र गर्ने सहमति भएको छ । असार ७ र ८ गतेलाई तोकिएको दोस्रो पटकको चुनाव प्रतिनिधि छनोट विवादका कारण स्थगित भएको थियो । चुनाव स्थगित भएपछि शनिबार निर्वाचन समिति र आन्दोलनरत पक्षबीच छलफल भएको थियो । उक्त छलफललले असारभित्र प्रतिनिधि छनोटको विवाद टुंग्याउने र साउनभित्र […]
काठमाडौं, ३२ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा. तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् । विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिष्पर्धा गराएको थियो । खुला प्रतिष्पर्धा गर्दा पहिलो नम्बरमा रहेका आचार्यलाई उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए । […]
काठमाडौं, ३१ जेठ । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले सरकारी अस्पतालको सेवा सर्वसाधारण जनताका लागि जटिल र अपमानजनक बनिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको विहीवारको बैठकमा शुन्य समयमा बोल्दै सांसद बरालले विहान ९ बजे लाइनमा बसेको एउटा विरामी अथवा उसको आफन्तले साँझ ५ बजेसम्म लाइनमै बस्नुपर्ने प्रणालीको अन्त्य गर्न सरकारसँग […]
काठमाडौं, ३१ ज्ेठ । अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालय थप तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज महानगरपालिकाले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो […]
काठमाडौं, २९ जेठ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनलेआफूहरू साथमा रहेकोले शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे । यस्तै उनले आफूले कुनै दल र नेता नचिन्ने बताए । उनले भने, ‘हामी कुनै […]