अस्मिता सापकोटा काठमाडौं, २१ कार्तिक । तपाईं जागिर गुम्छ कि वा आफ्नो करियरमा कहिल्यै अगाडि बढ्दिनँ कि भन्ने सोचिरहनु हुन्छ ? यस्तो हो भने तपाईं आफ्नो करियरलाई लिएर धेरै दबाब र चिन्ताको अनुभव गरिरहनुभएको हुनसक्छ । करियरबारे धेरै चिन्ता लिँदा करियर एन्जाइटी हुन सक्छ । लगातार तनाव हुनु, कम काम गरेको समयमा पनि धेरै थकान […]
काठमाडौं, २१ कार्तिक । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गरेको छ । नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति (सर्च कमिटी)ले बुधबार एक सूचना जारी गरी १० दिनभित्र दरखास्त दिन आह्वान गरेको हो । उपकुलपति बन्न इच्छुक उम्मेदवारलाई कृषि तथा वन विज्ञान […]
काठमाडौं, १४ कार्तिक । कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (कोईका) द्वारा परिचालीत कोरिया ओभरसिज भोलुन्टियर (केओभी) क्युंग ही लीले ललितपुर गोदावरीमा रहेको श्री विषंखु नारायण माध्यमिक विद्यालयमा बालबालिका शिक्षा सुधार सम्बन्धी परियोजना सफलतापूर्वक सम्पन्न गरेकी छिन् । ली सेप्टेम्बर २०२३ मा उक्त विद्यालयमा नियुक्त भएकि थिइन् । उनले लेट्स प्ले टुगेदर इन दि प्ले ग्राउन्ड भन्ने […]
काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । परिषद्का रजिष्ट्रार शुक्ला खनालका अनुसार पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका हुन् । पीसीएल नर्सिङ तर्फ ९८३ जनाले फारम भरेकोमा ९५५ जनाले मात्र […]
अस्मिता सापकोटा काठमाडौं, ७ कार्तिक । मानव शरीरलाई स्वस्थ र स्फुर्त राख्न विभिन्न पोषक तत्व तथा खनिजको आवश्यकता हुन्छ । हामीले दैनिक खाने खानामा त्यस्ता पोषकतत्व तथा खनिजहरू समावेश हुन्छन् । तर कहिलेकाहीँ खानाबाट मात्र प्राप्त तत्व हाम्रो शरीरलाई पर्याप्त हुँदैन । यस्तोमा सप्लिमेन्टको सेवन आवश्यक हुन्छ । त्यस्तै क्याल्सियम मानव शरीरको विकासका लागि चाहिने […]
अस्मिता सापकोटा काठमाडौं, ६ कार्तिक । नेसनल किड्नी फाउन्डेसनका अनुसार हरेक वर्ष पाँच लाखभन्दा बढी मानिसहरू पत्थरीको समस्याले आपतकालीन अवस्थामा अस्पताल जान्छन् । हरेक दशमध्ये एक व्यक्तिलाई मिर्गाैलामा पत्थरी हुने अध्ययनले देखाएको छ । नेसनल इन्स्टिट्युट अफ डायाबिटिज एण्ड डाइजेस्टिभ एण्ड किड्नी डिजिजका अनुसार अमेरिकामा लगभग ११ % पुरुष र ६ % महिला जीवन भरमा […]
काठमाडौं, ४ कार्तिक । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । बागमती प्रदेश अध्यक्ष दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई लोक सेवा आयोग अध्यक्षमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रदेश प्रमुखले गर्ने प्रदेश लोकसेवा आयोगको अध्यक्ष नियुक्त गर्ने व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन […]
काठमाडौं, ४ कार्तिक । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले […]
अस्मिता सापकोटा काठमाडौं, ४ कार्तिक । विश्वमा समय समयमा नयाँ रोग देखापरिनै रहेका हुन्छन् । त्यससँगै त्यस्ता रोगका कीटाणु नष्ट गर्ने एन्टीबायोटिकको आविष्कार पनि भइरहेको छ । तर पछिल्लो समय रोगको न्यूनीकरणका लागि आविष्कार गरिएका एन्टिबायोटिकको अत्यधिक वा गलत प्रयोगले रोगका कीटाणु क्रमशः प्रतिरोधक हुँदै जाँदा सुपरबगको जोखिम बढिरहेको छ । यसले स्वास्थ्य सेवा प्रणालीमा […]
काठमाडौं, २ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न डा. केसी शुक्रबार मन्त्रालय पुगेका थिए । मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै मन्त्रालयको जिम्मेवारीमा आउनासाथ केसीले राखेका मागसँगै […]