फागुन २९, काठमाडौँ (रासस)। खानेपानी मन्त्री बीना मगरले दिगो विकासका लक्ष्य हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताउनुभएको छ । विश्व बैंकको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा भएको छलफलमा उहाँले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पु¥याउन सरकारले योजनाका साथ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिगो विकासको लक्ष्य हासिल गर्न निकै चुनौती […]
फागुन २९,काठमाडौँ (रासस) : सरकारले सरकारी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत् खरीद गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विद्युत् विकास विभागले यहाँ आज आयोजना गरेको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलविद्युत् आयोजनाबाट उत्पादित सम्पूर्ण विद्युत् सरकारले खरीद गर्ने विश्वास दिलाउनुभएको हो । निजी क्षेत्रले उत्पादन गर्ने बिजुली नेपाल विद्युत् प्राधिकरणले खपत नगरे […]
फागुन२९,नारायणपुर (रासस) : पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो । जङ्गलको छेउमा रहेको गाउँका ६५ बढी घर खरानी भए । खरका छाना भएका ती घर विद्युत्को प्रमुख प्रसारण लाइन सर्ट भएर आगो लागेपछि गाउँनै विस्थापित भयो । अहिले वनकट्टी गाउँ ५०० मिटर उत्तरमा सरेको छ । उस्तै अभाव छ, उस्तै […]
फागुन २९, विराटनगर : नेपाल सरकार प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार आयोजित प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् । मन्त्री घिमिरेले कृषि, […]
फागुन २८, काठमाडौँ (रासस)। नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ । सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक पूँजी परिचालन गरी उत्पादनमा आत्मनिर्भर भएका […]
फागुन २८, काठमाडौँ(रासस) । सरकारले निकै उत्साहका साथ घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएको नीतिगत अस्पष्टता तत्काल अन्त्य गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामाजिक सुरक्षा कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले सूचीकरण प्रक्रियामै देखिएको अस्पष्टताले योजनाको सफल कार्यान्वयनमै शङ्का व्यक्त गरे । उनीहरुले हाल प्रचलनमा रहेको कर्मचारी सञ्चय […]
फागुन-१९ , काठमाडौं । पूर्वउपप्रधान तथा अर्थमन्त्री ८२ वर्षीय भरतमोहन अधिकारीको शनिबार राति ह्याम्स हस्पिटलमा उपचारका क्रममा निधन भयो । नेता अधिकारीको पार्थिव शरीरलाई अन्त्येष्टि अघि नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जली दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा पार्टी अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर नेता अधिकारीको पार्थिव शरीरलाई नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा […]
फागुन-१५, काठमाडौं । उद्योगी-बिक्रेताले आन्दोलन घोषणा गरेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी शुरु भएको छ । बिक्रेताले ग्यास सकिएको भन्दै उपभोक्तालाई खाली हात फर्काउन थालेका छन् । सहज आपूर्ति भइरहेपनि विक्रेताले कृत्रिम अभाव सृजना गरेर ग्यास ‘सर्टेज’ गराउन थालेका छन् । बिक्री ठप्प पार्ने उद्योगी- बिक्रेताको चेतावनीले त्रसित भएर उपभोक्ताले समेत जगेडामा […]
फागुन-११, काठमाडौं । २०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यवसायिक कारोबार गर्न शुरु गरेको संस्थानले आफ्नो ५२औं वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । स्थापनाको ५१ वर्ष पूरा गरी ५२औं वर्षमा प्रवेश गरेको संस्थानले शनिबार काठमाडौंमा विशेष कार्यक्रम गर्यो । कार्यक्रमको उद्घाटन […]
फागुन-८, काठमाडौं । नेपालको स्याङ्जा जिल्लामा जन्मेका आचार्य बालकृष्ण भारतका ८ औं धनी व्यक्ति बन्न पुगेका छन् । आचार्य बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको अनुसन्धान संस्था हुरनले सार्वजनिक गरेको भारतका धनीहरुको सूचिमा उनी ८ औ नम्बरमा छन् । यसभन्दा अगाडि उनी २५औ नम्बरमा थिए । एकवर्षको अवधीमा उनको सम्पत्ती १७३ […]