• Category: अर्थ

    बैंकिङ प्रणालीबाट १०० अर्ब खिच्दै राष्ट्र बैंक

    बैंकिङ प्रणालीबाट १०० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं, ३ पुस । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज १०० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरण जारी गरी १०० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो । यसका लागि बुधबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने […]

    तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं, २ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने आइतबारदेखि नै […]

    पाँच महिनामा विकास खर्च ११ प्रतिशत, राजस्व संकलन २८ प्रतिशत मात्रै

    पाँच महिनामा विकास खर्च ११ प्रतिशत, राजस्व संकलन २८ प्रतिशत मात्रै

    काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा सरकारकोे पुँजीगत खर्च ११ दशमलव ५९ प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार मंसिरसम्ममा विकास लक्षित पुँजीगत खर्च रू. ४० अर्ब ८० करोड भएको हो, जुन गत आवको यसै अवधिको तुलनामा ० दशमलव ३६ प्रतिशत विन्दुले कमी हो । गत […]

    भियतनामसँग नेपालको दुई अर्ब व्यापार घाटा

    भियतनामसँग नेपालको दुई अर्ब व्यापार घाटा

    काठमाडौं, १ पुस । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा भियतनामसँगको वैदेशिक व्यापारमा नेपाललाई दुई अर्ब व्यापार घाटा भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा नेपालले भियतनामसँग रू. दुई अर्ब ४७ लाखको व्यापार घाटा बेहोरेको छ । सो अवधिमा भियतनामबाट रू. २ अर्ब ३ करोड ३० लाख मूल्य बराबरको वस्तु […]

    तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

    तोलामा ४०० रुपैयाँ बढ्यो सुनको मूल्य

    काठमाडौं, १ पुस । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ५१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । […]

    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, नगद लाभांश कति ?

    काठमाडौं, १ पुस । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको आज (सोमबार) बिहान बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित […]

    ८.६० प्रतिशतले घट्यो वैदेशिक सहायता

    ८.६० प्रतिशतले घट्यो वैदेशिक सहायता

    काठमाडौं, ३० मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिवद्धता घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आवको असोजसम्ममा वैदेशिक सहायता प्रतिबद्धता रू. ३७ अर्ब १८ करोड रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ८ दशमलव ६० प्रतिशत कमी हो । गत आवको सोही अवधिमा यस्तो प्रतिबद्धता रू. […]

    १०.३६ प्रतिशतले घट्यो प्यान लिने करदाता

    १०.३६ प्रतिशतले घट्यो प्यान लिने करदाता

    काठमाडौं, ३० मंसिर । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या गत आवको सोही अवधिको तुलनामा १० दशमलव ३६ प्रतिशत घटेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू आवको असोजसम्म प्यान लिनेको संख्या १ लाख ९१ हजार ८२३ छ । गत आवको यसै अवधिमा २ लाख १४ हजार […]

    दुई महिनामा साढे २९ करोडको क्रस–बोर्डर क्युआर भुक्तानी

    दुई महिनामा साढे २९ करोडको क्रस–बोर्डर क्युआर भुक्तानी

    काठमाडौं, २८ मंसिर । नेपालमा क्रस–बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानीको सुरुवात भएसँगै छिमेकी मुलुक भारतबाट यहाँ आउने नागरिकले क्यूआर कोडमार्फत कारोबार गर्न थालेका छन् । दुई महिनामा क्रस–बोर्डर क्युआर भुक्तानीको प्रयोग समेत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज र कार्तिकमा साढे २९ करोड रुपैयाँबराबरको क्रस–बोर्डर भुक्तानी भएको छ । राष्ट्र बैंकले असोजदेखि क्रस बोर्डर […]

    घर जग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्दै

    घर जग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्दै

    काठमाडौं, २८ मंसिर । ब्याजदर घट्न थालेसँगै बैंक तथा वित्तीय संस्थाबाट घर जग्गा क्षेत्र (आवासीय व्यक्तिगत तथा व्यावसायिक)मा प्रवाह हुने कर्जा बढ्न थालेको छ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो चार महिनामा गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा क्षेत्रमा बैंकहरूको कर्जा बढेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको पहिलो चार […]