काठमाडौं, ३१ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २ गते पुनः विश्वासको मत लिने भएका छन् । तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को ५ अनुसार २७ बैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो […]
काडमाडौं, २ साउन । बागमती प्रदेशसभाको बैठक आगामी साउन ६ गतेलाई आह्वान गरिएको छ । बागमतीका प्रदेशका सभामुख भुवनकुमार पाठकले साउन ६ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् । संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश […]
काठमाडौं, ३१ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को बजेट खर्चलाई प्रभावाकारी बनाउन भन्दै उनले सोमबार प्रमुख सचिव केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् । आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै सम्झौता गरेको मुख्यमन्त्री कार्कीले बताए । […]
काठमाडौं, ३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका हुन् । उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान […]
काठमाडौं, २५ असार । नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक विज्ञप्ति जारी कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई […]
काठमाडौं, २४ असार । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् । […]
काठमाडौं, २१ असार । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न नेकपा एमालेले प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाएको छ । एमालेले सरकारलाई दिएको समर्थन बिहीबार फिर्ता लिएको थियो । एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको, एमालेका सबै मन्त्रीले राजीनामा दिएको र अब एमालेको नेतृत्वमा सहमतिको सरकार […]
काठमाडौं, २१ असार । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय गठबन्धनमा आएको फेरबदलसँगै यसको असर प्रदेशमा पनि परेको हो । नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमतीमा एमालेले समर्थन फिर्ता लिन लागेको संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् […]
काठमाडौं, १६ असार । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुनः ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार शपथ खुवाएका हुन् । गत जेठ २८ […]
काठमाडौं, ११ असार । सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो । न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले केदार कार्कीको माग अस्वीकार गरी […]