काठमाडौं, २६ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको पहिलो चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा ७ दशमलव ५५ प्रतिशत बढेको हो । चालू आवको कात्तिकसम्ममा बैंकको खुद नाफा रू. २२ अर्ब २९ करोड रहेको छ […]
काठमाडौं, २५ मंसिर । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा २१ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । […]
काठमाडौं, २४ मंसिर । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध सोमबार पटकपटक नागरिकताको विवरण हेरफेर गरी व्यक्तिगत लाभ लिएको, राहदानीमा केरमेट र जालझेल गरेको आरोपमा भ्रष्टार मुद्दा दायर गरेको हो । नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश […]
काठमाडौं, २४ मंसिर । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन २०८१/८२’ अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमास (असोज मसान्त)मा खुद मुनाफा घटेको हो । समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाले चालू आवको असोज मसान्तसम्म ३७ करोड रुपैयाँ खुद मुनाफा […]
काठमाडौं, २४ मंसिर । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिमेन्ट उत्पादकसँग मूल्यसूची माग गरेको छ । आइतबार विभागले निर्माण व्यवसायी तथा सिमेन्ट उत्पादकसँग गरेको छलफलपछि मूल्यसूची मागिएको विभागले जनाएको छ । सिमेन्ट उत्पादक व्यवसायीले सरकारी सिमेन्ट उद्योग उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टको तुलनामा निजी उत्पादकले बढाएको सिमेन्टको मूल्य कम भएको जानकारी विभागमा गराएका थिए […]
काठमाडौं, २४ मंसिर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गत परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायत विषयमा छलफल भएको छ । अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको […]
काठमाडौं,२४ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस साताको पहिलो कारोबारको दिन ४ सय रुपैयाँले घटेको सुनको मूल्य आज बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार […]
काठमाडौं, २३ मंसिर । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कुल कर्जा तथा सापट १० दशमलव ४५ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘लघुवित्त वित्तीय संस्थाहरूको समष्टिगत गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन २०८१/८२’ अनुसार चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमास (असोज मसान्त)मा यस्तो कर्जा तथा सापट रकम घटेको हो । गत आवको […]
काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य फेरि १ लाख ५० हजार तल झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । यो ह्राससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँका कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ६ […]
काठमाडौं, २३ मंसिर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ७० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन बोलकबोल उपकरणमार्फत ७० अर्ब रुपैयाँ तरलता तान्ने भएको हो । यसका लागि आइतबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा […]