casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

महिला उद्यमशीलता र निर्यात बढाउँदै अचार व्यवसाय

अनलाइनसमय |
११ फागुन २०८१
महिला उद्यमशीलता र निर्यात बढाउँदै अचार व्यवसाय

कुल नारायण श्रेष्ठ,

काठमाडौं, ११ फागुन । नेपाली अचार अन्तर्राष्ट्रिय बजार वर्षेनि बढ्दै गएको छ । नेपाली भाषाको ‘टिपिकल’ यो परिकारले केही वर्षयता अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाउन थालेको हो । कुनै बेला घरायसी परिकारको रूपमा सीमित अचारको विदेश निर्यातमा भइरहेको वृद्धिले आगामी दिनमा यो नेपालको प्रमुख निर्यात वस्तुमा पर्न सक्ने सम्भावना देखिएको छ । पछिल्ला वर्षमा यसको निर्यात परिमाण र मूल्य समेत बढिरहेको सरकारी तथ्यांकले नै देखाएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव)को सात महिनामा नेपालले १० करोड ३५ लाख रुपैयाँको अचार निर्यात गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा २३ दशमलव ३४ प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्ममा ८ करोड ३९ लाख रुपैयाँको निर्यात भएको थियो ।

शुरूमा थोरै मात्रामा निर्यात हुँदै आएको अचार पछिल्लो समय भारत, अमेरिका, इटाली, क्यानडा, कोरिया, जापान, बेलायत, डेनमार्कलगायत देशमा लोकप्रिय बन्दै गएको छ । आर्थिक वर्ष २०७७/७८ को तुलनामा २०८०/८१ सम्म आइपुग्दा अचारको निर्यात साढे दुई गुणाले बढेको देखिन्छ । सो आवमा ३९ लाख रुपैयाँको अचार निर्यात भएको थियो भने गत आवमा १५ करोड ८ लाखको भएको विभागको तथ्याङ्क छ । विभागले तथ्याङ्क राख्न थालेदेखि गत माघसम्ममा ४० करोड ६७ लाख रुपैयाँ बराबरको ५ लाख ३३ हजार १७३ केजी अचार निकासी भएको छ ।

अचार निर्यातको स्थिति

स्रोत : भन्सार विभाग

नेपाली अचारको अन्तर्राष्ट्रिय पहिचान

नेपाली अचारले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन सफल हुनुको मुख्य कारण परम्परागत स्वाद, जैविक उत्पादन, मसला र प्राकृतिक तयारी हो । यहाँका अचारमा स्थानीय मसला, स्वदेशी फलफूल तथा तरकारी, प्राकृतिक जडीबुटीलगायत प्रयोग गरिने भएकाले फरक स्वाद र स्वास्थ्यका लागि समेत लाभदायक हुने व्यवसायी बताउँछन् ।

नेपालबाट निर्यात हुने अचार विभिन्न स्वाद र प्रकारका छन् । लोकप्रिय अचार ब्रान्ड ‘आमाको अचार’ले मात्रै उपभोक्ताको माग अनुसार ३५ प्रकारका अचार बनाउँदै आएको छ । कम्पनीका सञ्चालक प्रकाश पाण्डेका अनुसार अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली अचारको माग बढ्दै गएको छ । ‘विभिन्न देशमा गएका नेपालीले यहाँ अचारमा जुन स्वाद पाउनुहुन्थ्यो, त्यो विदेशमा पनि पाइरहनु भएको छ,’ उनले भने, ‘हाम्रो अचारको उपभोक्ता ७० प्रतिशत नेपाली हुनुहुन्छ, बाँकी भारतीय, बङ्गाली र नेपाली अचारको स्वाद थाहा पाएका विदेशीले पनि माग गर्छन् ।’

गुणस्तर कायम राख्न आफ्नो उद्योगले ९० प्रतिशत कच्चापदार्थ स्वदेशी नै प्रयोग गर्ने गरेको पाण्डे बताउँछन् । ‘टिम्बुरको छोप, तेजा र प्याकिङ गर्ने सिसाको ग्लास मात्रै भारतबाट ल्याउँछौं,’ उनले भने । आमाको अचारले हाल, टिमुर अचार, मुला अचार, लसुन अचार, अकबरे खुर्सानी अचार, कागती अचार, आप अचार जस्ता अचारका ‘भेराइटी’ भारत, जापान, अमेरिकालगायत ४० देशमा अचार निर्यात गर्दै आएको छ ।

महिलालाई आत्मनिर्भर बनाउँदै

पछिल्ला वर्षहरूमा नेपाली महिला घरेलु तथा साना उद्योगमार्फत आन्मनिर्भर बन्न थालेका छन् । विशेषगरी अचार, अगरबत्ती, हस्तकला, सिलाइबुनाइ जस्ता घरेलु उत्पादनमा संलग्न महिलाले राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

ललितपुरकी ३२ वर्षीय सुनिता महर्जनले पाँच वर्षअघि आफ्नै घरबाट अचार बनाउने व्यवसाय शूरू गरेकी थिइन् । ‘शुरूमा छिमेकी र वरपरकालाई मात्र बेँच्थे,’ उनले भनिन्, ‘अहिले विदेशसम्म पठाउन थालेकी छु ।’ आफू एक्लैले शुरू गरेको अचार व्यवसाय सफल बन्दै गएपछि अहिले अन्य सातजना महिलालाई पनि रोजगारी दिएको उनले बताइन् ।

यस्तै काठमाडौंकी अस्मिता कार्कीको अचार व्यवसाय पनि बढ्दै गएको छ । अचार, पापड र अन्य खाद्य व्यवसायबाट आफू आत्मनिर्भर बनेको उनले सुनाइन् । ‘पहिले श्रीमानको मात्रै आम्दानी थियो, अहिले मैले पनि कमाउन थालेकी छु,’ उनले भनिन्, ‘घर खर्च चलाउन, नानीको किताब, कपी किन्न श्रीमान्सँग पैसा मागिरहन पर्दैन ।’

महिलालाई आत्मनिर्भर बनाउन अहिले सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले विभिन्न तालिमका साथै बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण ऋण समेत दिने गरेका छन् । महिलाले साना लगानीबाट पनि राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखाउँदै घरेलु उद्योगलाई प्रवद्र्धन गरिरहेका छन् ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली घरेलु उद्योग विशेषगरी महिलाका लागि रोजगारी सिर्जना गर्ने राम्रो माध्यम बनेको बताउँछिन् । ‘अचारमा मात्र होइन, अन्य घरेलु उद्योगमा पनि अधिकांश महिला नै हुनुहुन्छ,’ उनले भनिन्, ‘यस्ता उद्यमशीलता प्रवद्र्धन गर्न आवश्यक शीप, तालिम तथा उत्पादित सामग्रीको बजारीकरणमा महासंघले पनि सहयोग गर्दै आएको छ ।’

महिला उद्यमीले उत्पादन गरेका जुटका झोला, कस्मेटिकलगायत सामान अन्तर्राष्ट्रिय बजारमा लैजान सरकारले आवश्यक नीति ल्याउनुपर्नेमा अध्यक्ष ज्ञवालीले जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun