काठमाडौं, ७ माघ । सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आइतबार तोलामा ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदीसोही मूल्यमा कारोबार भएको थियो ।