काठमाडौं, ३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ । आइतबार बसेको मधेश प्रदेश सभाको बैठकको सुरुमै सभामुख रामचन्द्र मण्डलले उच्चस्तरीय छानिबिन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
उच्चस्तरीय छानबिन समिति गठन र कार्यजिम्मेवारी निर्धारण गर्न मुख्यमन्त्री सतिशकुमार सिंह र निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवलाई जिम्मा दिइएको सभामुख मण्डलले बताए ।
बजेटमा त्रुटि भएको सरकारले स्वीकार गरेको भन्दै जसपा नेपालले उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने , बजेट संशोधन र सबै क्षेत्रमा सन्तुलित बजेट विनियोजन हुनुपर्ने माग गर्दै आएको छ ।