काठमाडौं, १४ असार । सानिमा बैंक लिमिटेडले करिब ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले असार १३ गते देखि आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुका लागि ४९ हजार ५० सेयर त्रिक्रीमा राखेको हो ।
यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएकोमा कुनै पनि आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ । उक्त शेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाण्डौको नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।