सोमबार सामान्य अङ्कले बढ्यो नेप्से, कारोबारमा गिरावट

अनलाइनसमय |
११ असार २०८१
सोमबार सामान्य अङ्कले बढ्यो नेप्से, कारोबारमा गिरावट

काठमाडौं, १० असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसुचक ३ दशमलव २१ अङ्कले बढेर २ हजार ६६ दशमलव १६ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार भने घटेको छ । आज १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर ६६ हजार ५१९ पटक किनबेच हुँदा कुल ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँको कारोबार भएको छ । आइतबार ५.३७ अङ्कले घटेको नेप्से ५ अर्ब ४७ करोडभन्दा बढीको कारोबार भएको थियो ।

सोमबार ३२२ धितोपत्रको कारोबार हुँदा १४२ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ९४ धितोपत्रको मूल्य घटेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ६ समूहको उपसूचक घट्दा ७ समूहको उपसूचक बढेको छ । आज फाइनान्स समूहको उपसूचकमा सर्वाधिक वृद्धि भएको छ । सो समूहको उपसूच २ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै विकास बैंकको १.५६, लघुवित्तको १.३६, म्युचुअल फन्डको ०.५१, हाइड्रोपावरको ०.१९ र अन्य समूहको उपसूचक ०.०३ प्रतिशतले बढेको छ ।

कारोबार भएका उपसूचकमध्ये आज सबैभन्दा बढी व्यापार समूहको उपसूचक ०.४२ प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूहको ०.२५, उत्पादनमुलक समूहको ०.२२, होटल एन्ड टुरिजमको ०.२१, जीवन बीमाको ०.१८ र निर्जीवन बीमाको उपसूचक ०.०९ प्रतिशतले घटेको छ ।

सोमबार नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावरको ७.२१, सिभश्री हाइड्रोपावरको ६.९१, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ६.३९ र सिन्धु विकास बैंकको ६.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज बुद्ध भुमी नेपाल हाइड्रोपावरको शेयर मूल्य ७.०१ प्रतिशतले घटेको छ । त्यस्तै एग्रिकल्चर बैंक डिबेन्चर २०८३ को ३.७६, समाज लघुवित्त वित्तीय संस्थाको ३.२६, उपकार हेवाखोला हाइड्रोपावरको २.८६ र पाँचथर पावर कम्पनीको २.८४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस