बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई

अनलाइनसमय |
३ असार २०८१
बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई

काठमाडौं, २ असार । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीलाई प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी दिइएको छ ।

प्राधिकरणका निर्देशक सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सम्हालेका छन् ।

प्रवक्ता समेत रहेएका निर्देशक सुवेदीलाई असार १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी तोकिएको प्राधिकरणले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस