• ताजा समाचार, प्रदेश

    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही

     59 Views
    गण्डकीमा फ्लोर क्रस गरेका देवकोटालाई माओवादीले गर्‍यो कारबाही

    काठमाडौं, ३२ जेठ । नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी केन्द्रले गत जेठ २८ गते ’फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको हो ।

    देवकोटामाथि कारबाही गरिएको जानकारी माओवादीले प्रदेश सभा सचिवालयलाई पठाइसकेको छ।

    माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । त्यसो भएमा सांसद देवकोटा पदमुक्त हुनेछन् ।

    नेपाल समाजवादी पार्टीका नेता देवकोटा २०७९ को चुनावमा गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका थिए । तर, उनले आफू माओवादीको नभई समाजवादीको सांसद रहेको र मुख्यमन्त्रीलाई मत दिन समाजवादीका केन्द्रीय नेताले दिएको निर्देशन कार्यान्वयन मात्रै गरेको प्रतिक्रिया दिने गरेका छन् ।

    माओवादीले भने आफ्नो चुनाव चिह्न लिएकोले देवकोटालाई माओवादी संसदीय दलकै ह्विप लाग्ने बताउँदै आएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा एक दिन पहिले माओवादी गण्डकी संसदीय दलले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत नदिन ह्विप जारी गरेको थियो । तर, उक्त ह्वीप उल्लंघन गर्दै २८ असारमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा ऊर्जामन्त्री समेत भएका छन्

     

    यसमा तपाइको मत

    Facebook Comment