काठमाडौं, २८ जेठ । दुर्गा प्रसाईंको झापास्थित बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयले सिफारिस गरेको छ ।
सर्वोच्च अदालतको फैसला आएसँगै काठमाडौँ विश्वविद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिसपत्र पठाएको हो ।
सर्वोच्च अदालतले सो कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको थियो ।
काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए ।
अब काठमाडौं विश्वविद्यालयले सिफारिस गरेसँगै बी एन्ड सीले सम्बन्धन पाउने प्रक्रिया अगाडि बढेको छ । ।