काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दल एमालेसँग विश्वासको मत मागेका छन् । आइतबार विपक्षी दलका नेता खगराज अधिकारीलाई ओैपचारिक पत्र लेखेर पाण्डेले विश्वासको मतमा समर्थन जनाइदिन आग्रह गरेका हुन् ।
पाण्डेले लेखेको पत्रमा भनिएको छ, ‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ । राजनीतिक दलहरू बिचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडी बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरूले मतदान गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’
सर्वोच्चको परमादेशपछि पाण्डे जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदै छन् ।