दोहोरो अङ्कले घट्यो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

अनलाइनसमय |
१७ जेठ २०८१
दोहोरो अङ्कले घट्यो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, १७ जेठ । साताको काराबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर २ हजार ६९ दमलव ५३ को विन्दुमा बन्द भएको छ ।

आज ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ६१ ह्जार ७२ पटक किनबेच हुँदा कुल ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रुपैयाँको कारोबार भएको छ । आज ३११ धितोपत्रको कारोबार हुँदा १७३ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ७० धितोपत्रको मूल्य बढेकोे छ भने ४ वटा धितोपत्रको मूल्य स्थिर छ ।

यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा तीन समूहको उपसूचक बढेको छ । आज सबैभन्दा धेरै हेटल एन्ड टुरिजमको उपसूचक २.९३ प्रतिशतले घटेको छ । त्यस्तै लघुवित्तको १.९६, बैंकिङ समूहको १.७२, लगानी समूहको १.१७, जीवन बीमाको १.१३, निर्जीवन बीमाको १.०७, विकास बैंकको ०.९७, व्यापार समूहको ०.३३, म्युचुअल फन्डको ०.३२ र अन्य समूहको उपसूचक ०.८१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी उत्पादनमुल्क समूहको १.२३ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावर र फाइनान्स समूहको उपसूचक क्रमशः ०.४९ प्रतिशत र ०.१५ प्रतिशतले बढेको छ ।

बिहिबार तीन कम्पनीको शेयर मूल्यमा सर्किट ब्रैक लागेको छ । आज आज सर्किट ब्रेक लाग्नेमा नेपाल फाइनान्स लिमिटेड, अपर लोहोर खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डिभलपमेन्ट कम्पनी रहेका छन् । त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको ९.९८, युनिलिभर नेपाल लिमिटेडको ९.५०, ग्रीन भेन्चर्स लिमिटेडको ६.९०, सुपर माडी हाइड्रोपावरको ६.०४, लपर स्याङ हाइड्रोपावरको ५ दशमलव ३५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै कालिञ्चोक दर्शन लिमिटेडको ७.०८, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको ६.७४, नेपाल वेरहाउजिङ कम्पनीको ५.९६ र कालिका वित्तीय लघुवित्त संस्थाको ५.८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस