काठमाडौं, १६ जेठ । अर्थमन्त्री वर्षमान पुनले कसैको दबाबमा करका दर हेरफेर नगरेको बताएका छन् । बुधबार आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले तथ्य केलाएर करका दर हेरफेर गरिएको बताएका हुन् ।
उनले भने, यस्तै उनले आगामी आर्थिक वर्षको बजेट आशा जगाउने खालको आएको बताएका छन् ।
‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भने, ‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । ’करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौँ । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’
यस्तै उनले अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नुपर्ने उल्लेख गर्दै युवाहरूमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्ने बताए । चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए । उनले भने, ‘देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं । हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो । हाम्रो भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको छ ।’
अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताए । उनका अनुसार जुन प्रदेशको विशेषता छ, सोही क्षेत्रका उत्पादनको हब बनाउने प्रयास गरिएको छ । । त्यहाँ अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी केन्द्रित हुनेछ । अध्ययन, तालिम त्यहाँ केन्द्रित हुनेछन् । साथै, स्थानीय तहका हरेक पालिकाका केन्द्रलाई आर्थिक केन्द्रका रूपमा विकास गर्न खोजिएको छ । रोजगारी अब स्थानीय तहमै सिर्जना हुनुपर्छ भन्ने कोसिस गरिएको छ ।
‘