आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

अनलाइनसमय |
१५ जेठ २०८१
आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष घोषणा

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रुपमा घोषणा गरेका हुन् ।

अर्थमन्त्री पुनले सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको आकांक्षा पूरा गर्ने गरी बजेट ल्याइएको बताए ।

सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताउदै उनले समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् ।

उनले व्यावसायिक वातावरण सुधारका लागि लगानीसम्बन्धी कानून परिमार्जन, नीतिगत स्थायित्व एवं लगानी सुरक्षाको प्रत्याभूति, कन्ट्री रेटिङ, दुई पक्षीय लगानी दोहोरो करमुक्तिलगायतको व्यवस्था गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस