‘द हेन्ली पासपोर्ट इन्डेक्स’ हरेक वर्ष सार्वजिनक गर्ने पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपालको स्तर अघिल्लो वर्षभन्दा चार स्थानले सुध्रिएको छ ।
हेन्लीले सार्वजनिक गरेको सन् २०२६ को पार्सपोर्ट इन्डेक्सको विश्व वरीयतामा नेपाल ९७ औं स्थानमा रहेको छ । सन् २०२५ भने नेपाल १०१ औं स्थानमा थियो ।
यस वर्षको प्रतिवेदनअनुसार सिंगापुरको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ । सिंगापुरका नागरिकले विश्वका १९२ देशहरूमा पूर्वभिसाविना यात्रा गर्न सक्छन् ।
त्यसैगरी, दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यी तीन देशका नागरिकले १८७ देशमा भिसाविना प्रवेश पाउँछन् । तेस्रो स्थानमा रहेको स्विडेनका नागरिकले पूर्वभिसाविना १८६ मुलुकमा यात्रा गर्न सक्छन् ।
नेपाल र उत्तर कोरिया दुवै देश ९७औं स्थानमा रहेका छन्, जसको भिसा–फ्री स्कोर ३५ रहेको छ । नेपाल भन्दा तल्लो वरियतामा सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान रहेका छन् ।
गत वर्ष ७७ औं स्थानमा रहेको छिमेकी देश भारत यसपाली ७८औं स्थानमा रहेको छ । भारत, बोलिभिया र सेनेगलका नागरिकले ५७ देशहरूमा भिसाविना प्रवेश पाउँछन् ।
अर्को छिमेकी राष्ट्र चीन ८२ भिसा–फ्री स्कोरका साथ ५६ औं स्थानमा रहेको छ । गत वर्ष चीन ६४औं स्थानमा थियो ।
यसैगरी, विश्वकै सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान सबैभन्दा पुछारमा अर्थात् १०३औं स्थानमा रहेको छ । अफगानिस्तानका नागरिकले जम्मा २३ देशमा मात्र भिसाविना प्रवेश पाउँछन् ।
हेन्लीले सार्वजनि गरेको उक्त सुचकांकले कुनै देशका पासपोर्टधारकले पूर्व–भिसाविना कति गन्तव्यहरूमा यात्रा गर्न सक्छन् भन्ने आधारमा मूल्याङ्कन गर्छ । यस सूचकांकमा १९९ वटा पासपोर्ट र २२७ वटा यात्रा गन्तव्यहरू समावेश गरिएको हेल्नीले जनाएको छ ।
कुन देशको कति ?

