काठमाडौं, १४ जेठ । पछिल्लो समय अत्यधिक गर्मी बढेसँगै वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिनका लागि बन्द गरिने भएको छ । महानगर शिक्षा समितिको आज बसेको बैठकले वीरगन्ज आसपासमा उच्च मात्रामा तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य समेत प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको हो ।
वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णका अनुसार अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएसँगैे तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो ।
तीन दिन वर्षे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न– गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुने भएको छ । ।’ भोलि अर्थात् मङ्गलवार भने गणतन्त्र दिवसका सार्वजनिक बिदा छ ।