प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन, जेठ ६ गते सम्मका लागि स्थगित

अनलाइनसमय |
४ जेठ २०८१
प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन, जेठ ६ गते सम्मका लागि स्थगित

काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक जेठ ६ गतते सम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो । २ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो ।

संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।

संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस